मुगुमा लागूऔषधविरुद्ध अभियान सञ्चालन | Khabarhub Khabarhub

मुगुमा लागूऔषधविरुद्ध अभियान सञ्चालन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

मुगु- मुगुका जनप्रतिनिधि र युवाहरू लागूऔषध, धूम्रपान, मद्यपानविरुद्धको अभियान सञ्चालनमा जुटेका छन् ।

पछिल्लो समय छिमेकी जिल्लासहित मुगुका युवालाई लागूऔषधका बारेमा सचेत गराउने, तालिम, प्रशिक्षण दिने, अभिभावकलाई लागूऔषधको कारोबार र सेवनले हुने धनजनको क्षतिको बारेमा सचेत बनाउने उद्देश्यले लागूऔषध, धूम्रपान मद्यपानविरुद्धको सचेतना अभियान सञ्चालन गरेका हुन् ।

छाँयानाथ रारा नगरपालिका–१ देखि ७ वडासम्म लागूऔषध दुर्व्यसनीविरुद्ध सचेतना फैलाइरहेको जनाइएको छ। छाँयानाथ रारा नगरपालिका, जिल्ला प्रशासन कार्यालय मुगु र जिल्ला प्रहरी कार्यालय मुगुको संयुक्त आयोजनामा लागूऔषध दुर्व्यसनीबाट धनजनको क्षति नगर्न र नगराउन आफ्ना छोराछोरीहरूलाई कुलतमा फस्न नदिन भन्दै शुक्रबार सरोकारवालासँग अन्तरक्रिया गर्दै सुझाव मागेको छाँयानाथ रारा नगरपालिकाले जनाएको छ ।

प्रहरीको सहायतामा लागूऔषधसम्बन्धी कानुनी प्रावधानबारे जानकारी दिइएको अभियानमा जुटेका युवा नरेश भामले बताए । छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख विष्णुकुमार भामले लागूऔषधविरुद्धको अभियान सुरु गरिएको बताए । उनले नगरपालिका भित्र र जिल्लाका कुनै पनि नागरिक लागूऔषधको दुर्व्यसनीमा लाग्न हुन्न भन्ने सन्देश फैलाउन सचेतनामूलक कार्यक्रम गरिरहेको बताए ।

उनले कुलतमा लागेका युवालाई सुधार गर्न नगरपालिकाले सुधार गृह पनि चाँडै सञ्चालनमा ल्याउने जानकारी दिए । सुधार गृह भवनको लागि नगरसभाबाट आवश्यक बजेट विनियोजन भइसकेको उनले बताए । नगरपालिकाका वडा नं १ देखि ७ वडा सम्मका युवालाई गाउँमै पुगेर लागूऔषध दुर्व्यसनीका बारेमा प्रशिक्षण दिइएको थियो भने शुक्रबार जिल्लाका सरोकारवालासँग सुझाव पनि मागिएको छ ।

कार्यक्रममा लागूऔषधको कारोबार, सेवनले हुने हानी नोक्सानीका विषयमा अवगत गराइएको थियो । प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले लागूऔषधविरुद्धको अभियानलाई निरन्तरता दिइने जानकारी दिए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ४ : २५ बजे

मानवीय सहायता बोकेको जहाज गाजातर्फ, इजरायली सेनालाई रोक्न आदेश

यरुशलेम – इजरायलले आइतबार गाजातर्फ जाँदै गरेको एक मानवीय राहत

बागमती प्रदेशसभाको आगामी बैठकमा आर्थिक सर्वेक्षण पेस हुने

मकवानपुर – बागमती प्रदेशसभाको बैठक यही जेठ ३० गते अपराह्न

पालुङबाट धरान पुगेको काउलीमा जब विषादी भेटियो…

सुनसरी– बजारबाट किनेर ल्याएको फलफूल, हरियो तरकारी वा सागसब्जी तपाई

‘अन्तरराष्ट्रिय पर्यटन सहकार्यको आधार हिमालयन ट्राभल मार्ट’

काठमाडौं – हिमालय क्षेत्रका देशबीच बलियो सहकार्यका साथै अन्तरराष्ट्रिय पर्यटन

युक्रेनले रुसी भूभाग मान्यता अस्वीकार गर्दा युद्धको खतरा बढ्दै

मस्को – युक्रेनसँग जारी द्वन्द्वबीच रुसले युक्रेनी भूभागलाई आफ्नो भागको