नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्छ : महामन्त्री थापा « Khabarhub

नागरिकको अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्छ : महामन्त्री थापा


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार नागरिकको अपेक्षा अनुसार काम गर्न केन्द्रीत हुनुपर्ने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एका कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले भ्रष्टाचारसँग जोडिएका कतिपय ठूला काण्डहरुमा सरकारले गरेको निर्णयमा शत प्रतिशत समर्थन रहेपनि नागरिकको अन्य अपेक्षा अनुसार काम गर्न सरकार केन्द्रीत हुनुपर्ने बताएका हुन् ।

सरकारले भ्रष्टाचारविरोधी काम गरेको कुरामा समर्थन रहेपनि डेलिभरको सन्दर्भमा अहिले पनि आक्रोश रहेको उनले बताए ।

उनले आर्थिक संकटताको अवस्थामा सरकारले चुस्तताका साथ काम गर्न नसकेको धारणा राखे । थापाले बालुवाटारमा बसेर सांसदलाई टाउको गन्दै ठिकठाक भनेपनि वास्तविक रुपमा त्यो ठिकठाक नहुन पनि सक्ने बताए ।

उनले जनताको अपेक्षा अनुसार काम गर्न सरकारको ध्यानाकर्षण पनि गराए ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ५ : ४९ बजे

कालीगण्डकी बाढीले बागलुङ र पर्वत जोड्ने पुल क्षतिग्रस्त, आवतजावत ठप्प

बागलुङ– कालीगण्डकी नदीमा आएको भीषण बाढीले पर्वत र बाग्लुङ जोड्ने मालढुंगा

आईएमएफद्वारा ऋण ढाँचामा सुधारको प्रस्ताव

एजेन्सी- अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०१८ पछि पहिलो पटक

नारायणीको जलसतह हालसम्मकै उच्च

नारायणगढ– नारायणी नदीमा आज जलसतह ११ दशमलव ९४ मिटर पुगेको

पूर्वप्रधानन्यायाधीश जबराको अनुगमनमा प्रहरीले रोक लगाएपछि आयोगको ध्यानाकर्षण

काठमाडौं– सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ

महाकालीमा पानीको बहाव बढ्यो, आवागमन प्रभावित

महेन्द्रनगर– लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढेपछि