देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउने प्रधानमन्त्री पाएको छ : लिङ्देन « Khabarhub

देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउने प्रधानमन्त्री पाएको छ : लिङ्देन


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले देशले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाउँदै जनतालाई प्रभाव दिन खोज्ने प्रधानमन्त्री पाएको टिप्पणी गरेका छन् ।

नेपाल प्राज्ञिक परिषद्ले शुक्रबार काठमाडौंमा आयोजना गरेको नेपालको भूराजनीतिक तथा सामरिक चुनौतिहरु विषय विचार गोष्ठिमा लिङ्देनले प्रधानमन्त्री बनाउनका लागि भित्रि रुपमा हुने चलखेल सबैलाई थाहा भएपनि अहिले आफूलाई दिल्लीले प्रधानमन्त्री बनाएको भनेर सुनाएर प्रभाव दिन खोज्ने प्रधानमन्त्री देशले पाएको टिप्पणी गरेका हुन् ।

छिमेकीलाई कम्फर्टेबल हुने गरि सरकार बनाउने कामले मुलुकको भूराजनीतिक परिस्थीति पेचिलो बन्दै गएको उनले बताए । उनले देशलाई सबै हिसाबले परनिर्भर बनाउने र कसैको आड लिएर सत्तामा टिकिरहने संस्कृतिले नेपाल गम्भीर भूराजनीतिक चपेटामा परेको अनुभव गरेको जिकिर गरे । विभिन्न आवरणमा विदेशीहरुको सेवा गरेर सत्तामा जाने प्रवृति बढिरहेको र आफ्ना चाहना पूरा गर्न विदेशी शक्ति पनि मुलुकमा हावी हुन थालेको उनको भनाइ छ ।

लिङ्देनले विदेशीलाई खुसी पार्नका लागि नै अहिले सेनामाथि पनि आक्रमण सुरु भएको र सेनाको संख्या घटाउनुपर्छ भन्ने आवाज उठ्न थालेको जिकिर गरे ।

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ११ बजे

रास्वपा नेताहरूसँग छलफल गर्दै रवि, बालेन भेट्न पुगे शिशिर

काठमाडौं- नेताहरूसँग छलफल गर्ने भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

इनड्राइभले सार्वजनिक गर्‍यो ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’ सेफ्टी अवेयरनेस अभियान

काठमाडौं- इनड्राइभले आफ्नो सेफ्टी अवेयरनेस अभियान ‘इनड्राइभसँग सुरक्षित यात्रा, तपाईँकै रोजाइमा’

माओवादी केन्द्रीय समितिको बैठक जारी, एक्लै चुनाव लड्ने तयारीमा जुट्न विप्लवको निर्देशन

काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा (माओवादी) ले आगामी निर्वाचनमा

रुसलाई जेलेन्स्कीको कडा चेतावनी

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले रुसले अन्तर्राष्ट्रिय प्रतिबन्ध छल्ने