सत्ता पक्षसँग वार्ता गर्न तयार छौँ : अध्यक्ष ओली « Khabarhub

सत्ता पक्षसँग वार्ता गर्न तयार छौँ : अध्यक्ष ओली


२२ असार २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


402
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सत्ता पक्षसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।

अनेरास्ववियुले कीर्तिपुरमा आयोजना गरेको ‘स्ववियु काउन्सिल नेपाल १०औँ राष्ट्रिय भेला तथा प्रशिक्षण’ मा उनले सत्तापक्षसँग वार्ताका गरेर अहिले देखिएका समस्याका समाधान निकाल्न आफू तयार रहेको बताए ।

“सत्तापक्षले संसदमा मात्र नभएर जहाँ भन्छ त्यही वार्ता गर्न हामी तयार छौँ, वार्ताका लागि हामी तयार छौँ”, उनले भने ।

अध्यक्ष ओलीले भारतलाई विवादमा पार्न नहुने स्पष्ट पारे । उनले भने, “मित्र राष्ट्र भारतले नेपालमा सरकार बनाउँछु भन्नु नेपालको सार्वभौमसत्ता विपरीत हुन्छ । त्यो कुरा भारतलाई पनि थाहा छ । भारत त्यस्तो कुरा भन्दैन भनेको पनि छैन ।”

ललिता निवास प्रकरणमा जो–जो दोषी छन् तिनलाई कारवाही गर्नुपर्ने उनको भनाइ छ । अध्यक्ष ओलीले भने, “ललिता निवास प्रकरणमा को–को दोषी छन्, छानबिन गरे हुन्छ । त्यो कुरा सरकारले बाहिर ल्याउनुपर्छ ।”

प्रकाशित मिति : २२ असार २०८०, शुक्रबार  ७ : ४७ बजे

म मोज्तबा खामेनीको मृत्यु चाहन्नँ : ट्रम्प

काठमाडौँ- अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता मोज्तबा खामेनीको

वर्षाका कारण दाङका ३० इँटा उद्योगमा क्षति

दाङ – गत शनिबारको वर्षाका कारण यहाँका ३० वटा इँटा

तिनाउमा डुबेर बेपत्ता भएका दुई भारतीय युवकको शव फेला

पाल्पा- तिनाउ खोलामा डुबेर बेपत्ता भएका दुई जना भारतीय युवकको

चुनावी समीक्षा प्रतिवेदन पठाउन तल्लो कमिटीलाई एमालेको निर्देशन

काठमाडौं- नेकपा एमालेले प्रतिनिधिसभा निर्वाचनको समीक्षा प्रतिवेदन पठाउन तल्ला कमिटीलाई

मीन विश्वकर्माले यसरी गरेर बदलिएको कांग्रेस र रास्वपाको तुलना

काठमाडौँ– नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले फागुन २१ को निर्वाचनबाट