एनआरएनए विश्व सम्मेलन असोज ३० देखि काठमाडौँमा हुने « Khabarhub

एनआरएनए विश्व सम्मेलन असोज ३० देखि काठमाडौँमा हुने


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ विश्व सम्मेलन तथा महाधिवेसन असोज ३० देखि कात्तिक ३ गते (अक्टोबर १७–२०) सम्म काठमाडौँमा हुने भएको छ ।

गैरआवासीय नेपाली संघका कार्यकारी अध्यक्ष डा. बद्री केसीले आइतवार बसेको पदाधिकारी बैठकले युवा, विज्ञ सम्मेलनसमेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको जानकारी दिए ।

बैठकले संघको आगामी महाधिवेसनको लागि उम्मेदवारी शुल्कमा समेत कटौती गरेको छ । डा. केसीका अनुसार संघको युवा तथा महिला पदाधिकारीहरूको लागि ७५ र अध्यक्ष सहित अन्य पदाधिकारीहरूको लागि ५० प्रतिशत उम्मेदवारी शुल्क घटाउने निर्णय भएको छ।

यसअघि अध्यक्ष पदका लागि १० लाख र अन्य पदका लागि ५ लाख भन्दा बढी उम्मेदवारी शुल्क भएका कारणले संघको आलोचना हुँदै आएको थियो । बैठकले संघको केन्द्रीय महाधिवेसन प्रतिनिधिहरूको दर्ता अगस्ट १० देखि २५ तारिखसम्म खुला गर्ने भएको छ ।

पहिलो चरणमा ९० प्रतिशत पूर्वपदाधिकारीले ‘स्मार्ट एनआरएनए’ एप मार्फत आफैँले प्रतिनिधि दावी गर्न सक्ने संघले जनाएको छ । बाँकी १० प्रतिशत संघका राष्ट्रिय समितिको कार्यसमितिको बैठकको सर्वसम्मत निर्णयबाट केन्द्रमा सिफारिस गर्नुपर्ने वैधानिक प्रावधान रहेको छ ।

बैठकले असन्तुष्ट पक्षसँग गत जुन महिनामा भएको सहमतिलाई आगामी १२ अगस्टमा हुने विशेष अधिवेशनबाट अनुमोदन गर्ने निर्णय गरेको छ । 

यस्तै गत हप्ता गैरआवासीय नेपाली संघ अमेरिकाको साधारणसभामा अध्यक्ष रविना थापा लगायत संघका केन्द्रीय पदाधिकारीहरूमाथि भएको अपमानजनक व्यवहारको निन्दा गर्दै निवर्तमान कार्यसमितिलाई पत्र मार्फत सचेत गराउने निर्णय गरेको छ ।

बैठकले संघको ११औँ महाधिवेशनमा नयाँ नेतृत्वका लागि हुने निर्वाचनको तयारी सुरु गर्न यसअघि गठित निर्वाचन समितिलाई निर्देशन दिने निर्णय गरेको छ ।

यस्तै, बैठकले संघका नयाँ निर्वाचित राष्ट्रिय समितिका अध्यक्ष तथा कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको लागि शुभकामना दिने निर्णय गरेको छ । संघको निर्वाचन सम्बन्धी कार्यतालिका भने पछि निर्वाचन समितिले सार्वजनिक गर्ने बताएको छ ।

संघको नयाँ नेतृत्वको लागि डा. बद्री केसी, रविना थापा, डा. हेमराज शर्मा, महेश श्रेष्ठ र आरके शर्माले आआफ्नो तयारी सुरु गरेका छन् ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ७ : ४६ बजे

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित

मेसीको चार गोलमा मियामीको ऐतिहासिक जित, मोन्ट्रियल ७-१ ले पराजित

काठमाडौँ – लियोनेल मेसीको उत्कृष्ट चार गोलको मद्दतले इन्टर मियामीले

भोटेकोशी बाढीमा भोजपुरका चार जना सम्पर्कविहीन

भोजपुर– भोटेकोशी बाढीपछि भोजपुरका चार जना सम्पर्कविहीन भएका छन् ।

उपल्लो मुस्ताङमा हिमतालको जोखिम अनुगमन, समस्या नरहेको जानकारहरूको भनाइ

मुस्ताङ– उपल्लो मुस्ताङका उच्च हिमाली क्षेत्रमा सम्भावित हिमताल तथा बाढीको