एएफसी कप छनोट : मच्छिन्द्रले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै | Khabarhub Khabarhub

एएफसी कप छनोट : मच्छिन्द्रले मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दै


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


219
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मच्छिन्द्र फुटबल क्लबले एएफसी कपको प्रारम्भिक छनोटका लागि मंगलबार भुटानको पारो एफसीसँग प्रतिस्पर्धा गर्दैछ ।

खेल मंगलबार साँझ साढे पाँच बजे काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । एएफसी कप छनोटको प्लेअफ चरणको पहिलो खेलमा मच्छिन्द्रले पारो एफसीको सामना गर्न लागेको हो ।

खेलअघि सोमबार रंशालामा आयोजित प्रिम्याच कन्फेरेन्समा दुवै टोलीका कप्तान र प्रशिक्षकले खेलको तयारी राम्रो भएको बताएका छन् ।

मच्छिन्द्रका कप्तान विशाल श्रेष्ठले खेलको सम्पूर्ण तयारी सम्पन्न गरेको बताए । उनले टिममा रहेका खेलाडीहरुले राम्रो खेल खेल्ने र सोचेजस्तो नजिता निकाल्ने अपेक्षा गरेको बताए ।

त्यस्तै, मच्छिन्द्रका प्रशिक्षक किशोर केसीले भुटानको पारो राम्रो टिम भएकाले खेल सुरु भएपछि रणनीति बुझेर त्यही अनुसार प्रदर्शन गर्नुपर्ने जिकिर गरे । मच्छिन्द्रमा ७ जना खेलाडी थप गरिएको भन्दै उनले आवश्यकताअनुसार मैदानमा उतार्ने बताए ।

त्यसैगरी, पारो एफसीका कप्तान र प्रशिक्षकले पनि मच्छिन्द्र राम्रो टिम भएको र आफूहरुको तयारी पनि राम्रो भएको बताएका छन् । मच्छिन्द्रले मंगलबारको खेल जिते १६ अगस्टमा मोहन बगान सुपर जायन्टको सामना गर्नेछ ।

उक्त खेल जिते २२ अगस्टमा हुने प्लेअफको फाइनलमा क्लब इगल्स र ढाका अबहानीको विजेतासँग मच्छिन्द्रले खेल्नेछ । मच्छिन्द्रले सहिद स्मारक ए डिभिजन लिग २०७९/८० मा दोस्रो स्थान हासिल गरेपनि च्याम्पियन चर्च ब्वाइज युनाइटेडले एएफसी क्लब लाइसेन्स नपाएका कारण दोस्रो पटक खेल्ने अवसर पाएको हो ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ३ : ४१ बजे

सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पनि पारित

काठमाडौं – आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि सरकारले पेश

आव ०८२/८३ को बजेटमा नेप्सेको संरचनागत सुधार गरिने

काठमाडौं–आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा सरकारले नेपाल स्टक एक्सचेञ्ज

भरतपुरमा भूमिगत विद्युतीकरणको काम ७५ प्रतिशत सकियो

चितवन- भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा शुरु गरिएको भूमिगत विद्युतीकरणको काम

यस्तो छ आगामी बजेटका सिद्धान्त र प्राथमिकता (प्रतिवेदनसहित)

काठमाडौं – सरकारका उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सङ्घीय संसद्‌मा

१० अर्ब बढीको कारोबार हुँदा साढे १२ अंकले घट्यो नेप्से

काठमाडौं– आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १२ अंकले घटेको