दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : राष्ट्रसङ्घ | Khabarhub Khabarhub

दक्षिण एसियाका तीन चौथाइ बालबालिका अत्यधिक गर्मीको सामना गर्दै : राष्ट्रसङ्घ


२२ श्रावण २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली- संयुक्त राष्ट्रसङ्घले जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका तीन चौथाइ बालबालिकाले खतरनाक उच्च तापक्रमको सामना गर्नुपरिरहेको चेतावनी दिएको छ । संयुक्त राष्ट्रसङ्घीय बालबालिकासम्बन्धी निकाय युनिसेफका अनुसार दक्षिण एसियामा करिब ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेका छन् ।

युनिसेफका दक्षिण एसिया क्षेत्रीय निर्देशक सञ्जय विजसेकेराले भने, “विश्व नै जलवायु परिवर्तनको नकारात्मक प्रभावबाट उथलपुथलको चपेटामा परिरहेको अवस्थामा तथ्याङ्कले दक्षिण एसियाका लाखौं बालबालिकाको जीवन र कल्याणलाई गर्मी र उच्च तापक्रमका कारण खतरामा पारेको स्पष्ट देखाउँछ ।”

संयुक्त राष्ट्रसङ्घले अफगानिस्तान, बङ्गलादेश, भारत, माल्दिभ्स र पाकिस्तानका बालबालिका जलवायु परिवर्तनको प्रभावको ‘उच्च जोखिममा’ रहेको चेतावनी दिएको छ र एक वर्षमा ८३ वा सोभन्दा बढी दिन अत्यधिक उच्च तापक्रमलाई ३५ डिग्री सेल्सियस ९९५ डिग्री फरेनहाइट० भन्दा बढी हुने अवस्थाको रूपमा परिभाषित गरेको छ ।

बच्चाहरू तापमान परिवर्तनको लागि छिटो अनुकूलन गर्न सक्दैनन्, र उनीहरूको शरीरबाट अतिरिक्त गर्मी हटाउन सक्षम हुँदैनन् ।

“साना केटाकेटीहरूले गर्मी सहन सक्दैनन्,” विजेसेकेराले भने, “हामीले अहिले नै कदम नचालेमा यी बालबालिकाले आगामी वर्षहरूमा अझ बढी बारम्बार र अझ तीव्र गर्मीको सामना गर्नुपर्नेछ ।”

सन् १८०० को दशकको उत्तरार्धदेखि लगभग १.२ डिग्री सेल्सियस को विश्वव्यापी तापक्रम वृद्धि, जीवाश्म ईन्धनको जलनद्वारा सञ्चालित हुने उद्योग तथा कलकारखाना र मोटर तथा मेसिनसम्बन्धी प्रयोगले बारम्बार गर्मीको तरङ्गलाई तातो, लामो र अधिक बनाएको छ, साथै अन्य आँधी र बाढी चरम मौसमी गतिविधिलाई तीव्र बनाएको छ ।

युरोप, एसिया र उत्तरी अमेरिकाका केही भागका दशौं लाख मानिसहरूलाई प्रभावित गर्ने विश्वव्यापी तापक्रमका कारण तीव्र गर्मी बढेको जुलाई महिना विश्वव्यापी रूपमा रेकर्ड गरिएको अहिलेसम्मकै सबैभन्दा तातो महिना थियो ।

वैज्ञानिकहरूका अनुसार विश्वले पहिले नै उत्सर्जनका कारण उत्पन्न गर्मी र अन्य प्रभावहरूको अनुकूलन गर्न आवश्यक छ र भविष्यमा अझ खराब हुनबाट जोगिन यस दशकमा कार्बन प्रदूषण उत्सर्जनलाई नाटकीय रूपमा घटाउनुपर्छ ।

प्रकाशित मिति : २२ श्रावण २०८०, सोमबार  ४ : ५६ बजे

वैदेशिक रोजगारीमा ठगी, दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अल्बानिया पठाइदिन्छु भन्दै

जबज सामाजिक न्यायका लागि मार्गदर्शन गर्ने चिन्तन हो : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले अभ्यास गरिरहेको

सिङ्गो मुलुकले माधव नेपाललाई भ्रष्टाचारी भन्न सकेको छैन, झाँक्रीले मरेको सिनो भन्ने ? – पाण्डे

काठमाडौं– नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीले अध्यक्ष

जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषित

काँक्रेविहार– जाजरकोट पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा भएको छ