काठमाडौँ महानगर–१६ का वडाध्यक्ष रिजालको निधन « Khabarhub

काठमाडौँ महानगर–१६ का वडाध्यक्ष रिजालको निधन


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– काठमाडौं महानगरपालिका वडा नम्बर १६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

नेपाली कांग्रेस काठमान्डौ–७ का क्षेत्रीय सभापतीसमेत रहेका वडाध्यक्ष रिजालको डेङ्गु संक्रमणबाट निधन भएको हो ।

उनी पाँच दिनअघि अस्पताल भर्ना भएका थिए । फोक्सोमा पानी जमेर निमोनियाको पनि समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

कांग्रेस सांसद प्रतिमा गौतमका अनुसार उनलाई उच्च ज्वरो तथा निमोनिया भएकाले ग्राण्डी अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको र उपचारको क्रममा उनको निधन भएको हो ।

 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ९ : ०६ बजे

परराष्ट्रमन्त्री खनाल टुभालुमा, जलवायु परिवर्तनको अवसरबारे छलफल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी संरचना महासन्धि

बिलबिजक बिनाका ६३ थान मोबाइलसहित दुई जना पक्राउ

चितवन– बिलबिजक बिना बिक्रीका लागि राखिएका ६३ थान मोबाइलसहित दुई

बेनी–जोमसोम–कोरला सडकको मर्मत जारी

म्याग्दी– पछिल्लो मनसुनजन्य विपद्पछि बाढी पहिरोका कारण क्षतविक्षत बनेको चीन

चाडपर्वलाई सुरक्षित र मर्यादित बनाउन खोटाङमा सात बुँदे प्रतिबद्धतापत्र जारी

खोटाङ– दशैँ–तिहार तथा छठ पर्वलाई सुरक्षित र मर्यादित बनाउने उद्देश्यका

बाढीले झोलुङ्गे पुलमा क्षति, आवतजावतमा समस्या

तनहुँ– यही असोज ९, १० र ११ गते वर्षासँगै आएको