एमाले बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक « Khabarhub

एमाले बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक


२१ भदौ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सञ्जालबाट प्रदेश प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

हिमालदेखि भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन सम्पन्न हुने भएकाले लोगोमा काठमाडौँ र काठमाडौँको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ ।

एमाले बागमती प्रदेश प्रथम अधिवेशन प्रचार कमिटीमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, असिस अस्लामी, श्याम सुन्दर पुडासैनी र अनिश्मा बस्नेत सदस्यहरू रहेका छन् ।

प्रचार कमिटीले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरिशङ्कर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ । यस्तै पहाडी जिल्लाहरूको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ ।

भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैँडा र मकवानपुरको शहीदपार्कको शहीदका सालिक राखिएको छ । यस्तै काठमाडौँको पहिचान स्वरुप पशुपतिनाथ, बौद्व स्तूपा, धरहरा समावेश गरिएको छ । बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ । पार्टीको लाल झण्डा पनि फहराइएको छ ।

लोगोमा रातो, सेतो, निलो र पहेँलो रङ्ग समावेश भएको छ । बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिवेशनको मिति तोकिएपछि प्रदेश अधिवेशन तयारीमा जुटेको हो ।

लुम्बिनी प्रदेशले हालै प्रदेश अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ  ।

प्रकाशित मिति : २१ भदौ २०८०, बिहिबार  १० : १५ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य