एमाले बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक « Khabarhub

एमाले बागमती प्रदेश अधिवेशनको लोगो सार्वजनिक


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनको लोगो सार्वजनिक भएको छ ।

प्रतिनिधि सभाका सदस्य तथा बागमती प्रदेश कमिटी उपसचिव एवं प्रचार विभाग प्रमुख महेश बर्तौलाले सामाजिक सञ्जालबाट प्रदेश प्रथम अधिवेशनको लोगो सार्वजनिक गरेका हुन् ।

हिमालदेखि भित्री मधेशसम्मलाई प्रतिनिधित्व हुने गरी चित्रांकन गरी लोगोमा समेटिएको छ । साथै असोज ८ र ९ गते काठमाडौंमा अधिवेशन सम्पन्न हुने भएकाले लोगोमा काठमाडौँ र काठमाडौँको सभ्यतालाई पनि प्रस्तुत गरिएको छ ।

एमाले बागमती प्रदेश प्रथम अधिवेशन प्रचार कमिटीमा उपसचिव तथा प्रचार विभाग प्रमुखको संयोजकत्वमा शरद सापकोटा, समीर बलामी, नरेन्द्र न्यौपाने, असिस अस्लामी, श्याम सुन्दर पुडासैनी र अनिश्मा बस्नेत सदस्यहरू रहेका छन् ।

प्रचार कमिटीले तयार गरेको लोगोमा गौरीशंकर हिमालबाट सूर्य उदाइसकेको देखाएको छ । गौरिशङ्कर हिमाल नेपालको समयको मापनविन्दु मानिन्छ । यस्तै पहाडी जिल्लाहरूको प्रतिनिधित्वको लागि पहाड पनि राखिएको छ ।

भित्री मधेशलाई प्रतिनिधित्व गर्ने गरी सौराहाको एकसिङ्गे गैँडा र मकवानपुरको शहीदपार्कको शहीदका सालिक राखिएको छ । यस्तै काठमाडौँको पहिचान स्वरुप पशुपतिनाथ, बौद्व स्तूपा, धरहरा समावेश गरिएको छ । बागमती सभ्यतालाई पनि लोगोमा राखिएको छ । पार्टीको लाल झण्डा पनि फहराइएको छ ।

लोगोमा रातो, सेतो, निलो र पहेँलो रङ्ग समावेश भएको छ । बागमतीको कृषि क्षेत्रलाई पहेँलो रंगले प्रतिनिधित्व गर्छ भने निलो रंगले पहाडी जिल्ला र खोलानाला, नदीलाई प्रतिनिधित्व गर्छ ।

नेकपा एमाले केन्द्रीय सचिवालय बैठकले निर्णय गरे अनुसार प्रदेश अधिवेशनको मिति तोकिएपछि प्रदेश अधिवेशन तयारीमा जुटेको हो ।

लुम्बिनी प्रदेशले हालै प्रदेश अधिवेशन सम्पन्न गरी नयाँ नेतृत्व चयन गरिसकेको छ । एमाले बागमतीले पालिकास्तरबाट एकैदिन २७ गते प्रतिनिधि चयन गर्दैछ  ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १० : १५ बजे

राजस्व लक्ष्यतर्फ उकालो लाग्दै मेची भन्सार

झापा– राजस्व लक्ष्यतर्फ निरन्तर उकालो लागिरहेको मेची भन्सार कार्यालयले आर्थिक

स्कुटर यात्रामा बेहोस भएका युवकको मृत्यु

कर्णाली– नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा

राप्रपा बागमती प्रदेश संसदीय दल सरकार गठनको दौडबाट बाहिर

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेश संसदीय दलले प्रदेश

खाद्य प्रणाली रूपान्तरण रणनीतिक योजनाको विवरण सङ्कलन गर्न स्थानीय तहसँग समन्वय गरिने

काठमाडौं – राष्ट्रिय योजना आयोगले खाद्य प्रणाली रूपान्तरणसम्बन्धी रणनीतिक योजना कार्यान्वयनका क्रममा

सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो, सशस्त्र प्रहरीका संरचनामा क्षति

सिन्धुपाल्चोक- सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार बिहान सुख्खा