बक्स अफिसमा ड्रिम गर्ल–२ को राम्रो प्रदर्शन « Khabarhub

बक्स अफिसमा ड्रिम गर्ल–२ को राम्रो प्रदर्शन


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


297
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आयुष्मान खुरानाको पछिल्लो चलचित्र ड्रिम गर्ल–२ को बक्स अफिसमा राम्रो प्रदर्शन भइरहेको छ । यसबीच आयुष्मानले पूर्व क्रिकेटर सौरभ गांगुलीको जीवनीमा आधारित ‘दादा’ को भूमिका निभाउने विषयमा छलफल भएको छ ।

यसअघि चलचित्रमा रणवीर कपुरले गांगुलीको मुख्य भूमिका निभाउने बताइएको छ । रिपोर्टअनुसार आयुष्मानले यस विषयलाई पुष्टि नगरे पनि उनले रिपोर्टलाई खारेज पनि गरेका छैनन् । उनले भनेका छन्, ‘म यसबारे अहिले केही भन्दिनँ । हामीले औपचारिक घोषणा पखर्नु पर्नेछ ।’

रिपोर्टका अनुसार यस वर्षको अन्त्यसम्ममा चलचित्रको सुटिङ सुरु हुनेछ । गत मे २६ मेमा निर्माता लव रञ्जन र अङ्कुर गर्ग गांगुलीसँग भेट्न कोलकाता पुगेका थिए ।

चलचित्रको विषयमा गांगुली र निर्माताबीच विस्तृत छलफल भएको थियो । निर्देशकले समेत गांगुलीसँग उनको जीवनको रोचक घटनाबारे कुराकानी गरेका छन् ।

चलचित्रको स्क्रिप्ट लेखनको काम पुरा भएको छ । चलचित्रमा उनको निजी जीवनमाथि धेरै ध्यान दिइएको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १२ : २० बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको