वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त « Khabarhub

वडाध्यक्ष रिजालको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेस काठमाडौँ जिल्ला निर्वाचन क्षेत्र नम्बर ७ का क्षेत्रीय सभापति एवं काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधनप्रति पार्टी सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् ।

स्वर्गीय रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै दिवङ्गत आत्माको चिरशान्तिको कामनाका साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गरेका छन् ।

रिजालको ग्राण्डी अस्पतालमा उपचारका क्रममा आज बिहान ७ः३० बजे निधन भएको पार्टी कार्यालयका मुख्यसचवि कृष्णप्रसाद पौडेलले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

आज दिउँसो २ः३० बजे रिजालको दाहसंस्कार गरिने कार्यक्रम रहेको कांग्रेसले जनाएको छ ।

विसं २०२७ कात्तिकमा जन्मिएका रिजालले कांग्रेसको सङ्गठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरेका थिए । विसं २०४६ को ऐतिहासिक जनआन्दोलमा उनी प्रहरीको हिरासतमा परेका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  १२ : ३३ बजे

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति

‘विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले नेपालको राजनीतिक जीवनका पक्षलाई समेटेको छ’

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले ‘आनन्दप्रसाद पोखरेलः  विचार, सङ्घर्ष र नेतृत्व’ पुस्तकले

‘कांग्रेस २.०’ ले महाधिवेशमा के गर्दैछ नयाँ ?

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा विगतभन्दा भिन्न, भड्किलो प्रचारमुक्त

नेपाली क्रिकेटका ९ स्टारसँग एक्सट्रीमको ‘पावरफुल’ साझेदारी

काठमाडौं- नेपाली क्रिकेटको विकास, खेलाडीको प्रोत्साहन तथा युवा पुस्तामाझ खेलकुदप्रतिको