'महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन' | Khabarhub Khabarhub

‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन’


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौंराप्रपाका महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बुधबार भएको यादवमाथिको आक्रमणमा संलग्न व्यक्तिको आफ्नो पार्टी राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । 

यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौँ । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेको थ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  २ : ३८ बजे

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं – कथावाचक साइग्रेस पोखरेलको श्रव्य उपन्यास ‘अधुरो प्रेम’को कथामा

संसद्‍मा बोल्न नपाएपछि पत्रकार सम्मेलन गर्दै कांग्रेस

काठमाडौं- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले दुई महिनापछि संसद्मा उभिएर

साइग्रेसले गरे फिल्म ‘अधुरो प्रेम’ निर्माण घोषणा

काठमाडौं– कथा वाचक साइग्रेस पोखरेलको अडियो नोभेल ‘अधुरो प्रेम’मा आधारित

गगनमाथि संसद्‍बाटै रविको ‘बदला’

काठमाडौं – सहकारी ठगी आरोप लागेपछि उपप्रधान तथा गृहमन्त्री रवि

लामिछानेको जवाफ- गोर्खा मिडियाको सहकारीबाट ऋण लिने प्रक्रियामा म संलग्न छैन 

काठमाडौं– उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले कुनै पनि सहकारीबाट