‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन’ « Khabarhub

‘महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग राप्रपाको सम्बन्ध छैन’


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौंराप्रपाका महामन्त्री धवलशमशेर राणाले कांग्रेस सहमहामन्त्री महेन्द्र यादवमाथि आक्रमण गर्ने व्यक्तिसँग आफ्नो पार्टीको कुनै सम्बन्ध नभएको बताएका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उनले बुधबार भएको यादवमाथिको आक्रमणमा संलग्न व्यक्तिको आफ्नो पार्टी राप्रपासँग कुनै सम्बन्ध नरहेको स्पष्ट पारेका छन् ।

यादवमाथि आक्रमण गर्ने व्यक्तिलाई लिएर राप्रपामाथि आक्षेप लगाउने प्रयास भइरहेको भन्दै उनले राप्रपाले हिंसाको राजनीतिमा विश्वास नगर्ने बताए । 

यादवमाथि आक्रमण गर्ने व्यक्तिमाथि कारबाही गर्न माग गर्दै उनले भने, ‘आक्रमणपछि उनले राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा र एमसीसीको विरुद्धमा नारा लगाए । महेन्द्रजीले बोल्दा पनि उहाँले विरोध जनाइराख्नुभएको थियो । त्यो घटनाप्रति दुःख व्यक्त गर्छौँ । त्यो व्यक्ति हाम्रो पार्टीमा कुनै पनि हिसाबले संलग्न थिएनन् । राष्ट्रिय प्रजातन्त्र पार्टी हिंसाको राजनीतिमा न विश्वास गरेको थ्यो न त आउने दिनमा गर्छ । यो विषय प्रस्ट होस् ।’

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  २ : ३८ बजे

कोइराला निवासका लागि छुट्याइएको २ करोड रुपैयाँ लिन मानेनन् शेखरले 

काठमाडौं– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ।

कञ्चनपुर पुनर्वासको शिवकृष्ण जनरल स्टोर्समा २५० को सामान किन्नेले पाए १० लाख पुरस्कार

काठमाडौं– सरकारले सुरु गरेको करदाता प्रोत्साहन उपहार कार्यक्रम अन्तगर्त पहिलो

भन्सार छलेर ल्याइएका सामानसहित चार जना पक्राउ

महेन्द्रनगर– कञ्चनपुर प्रहरीले भारतबाट भन्सार छलेर नेपाल भित्र्याउन लागेका सामानसहित

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम– मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै गएका