चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै « Khabarhub

चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको टोली प्योङयाङ जाँदै


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बेइजिङ– चीनका उपप्रधानमन्त्री लिउ गुओझोङले प्रजातान्त्रिक जन गणतन्त्र कोरियाको ७५ औँ स्थापना दिवसका अवसरमा आयोजना हुने विशेष कार्यक्रममा सहभागी हुन प्योङयाङ भ्रमणमा जाने भएका छन् ।

चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी)केन्द्रीय समितिको राजनीतिक ब्युरोका सदस्यसमेत रहनु भएका उपप्रधानमन्त्री लिउ कोरियाको श्रमिक पार्टी र उत्तर कोरिया सरकारको निमन्त्रणामा सिपिसी र सरकारी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्योङयाङको भ्रमणमा जाने परराष्ट्र मन्त्रालयका प्रवक्ता माओ निङले बिहीबार घोषणा गरेका हुन् ।

उत्तर कोरियाली अधिकारीहरूले पनि चिनियाँ उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमण्डल यसै साता प्योङयाङको भ्रमणमा जाने बताएका छन् । उत्तर कोरियाले पर्सी शनिबार प्योङयाङमा ७५ औँ स्थापना दिवस विशेष समारोह आयोजना गर्दैछ । त्यस अवसरमा आणविक शक्तिराष्ट्रले विशाल सैन्य कवाजसमेत आयोजना गर्ने सम्भावना रहेको फ्रान्सेली समाचार समिति एएफपीले जनाएको छ । चिनियाँ प्रतिनिधिमण्डल शुक्रबार बेइजिङबाट प्योङयाङ प्रस्थान गर्नेछ । 

बेइजिङ उत्तर कोरियाको सबैभन्दा महत्त्वपूर्ण सहयोगी एवं आर्थिक  साझेदार हो । सन् १९५० को दशकदेखि नै दुवै देशबीचको मैत्री सघन भएको हो । उत्तर कोरियाले कोभिड–१९ महामारीका बेला आफ्नो अन्तर्राष्ट्रिय सिमाना बन्द गरेपछि बाह्य विश्वसँगको सम्बन्ध र भ्रमण आदानप्रदान शून्यप्रायः भएको थियो ।

 दुई महिनाअघि रुसका रक्षामन्त्री नेतृत्वको प्रतिनिधिमण्डल राजधानी प्योङयाङमा भएको सैन्य कवाजमा भाग लिन गएको थियो भने तीन वर्षपछि पहिलोपटक उत्तर कोरियाली अन्तर्राष्ट्रिय व्यावसायिक उडान गत महिना बेइजिङमा अवतरण भएको थियो । उत्तर कोरियाली खेलाडीको एउटा टोली पनि हालै कजाकिस्तान प्रस्थान गरेको थियो । 

विरलै विदेश भ्रमण गर्ने उत्तर कोरियाली नेता किम जङ उन रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग हतियार वार्ता गर्न यसै महिना रुसको भ्रमण गर्ने योजनामा रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् । 

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले बुधबार वासिङ्टनमा भएको नियमित ब्रिफिङमा दुवै नेताबीच हतियार आपूर्तिबारे वार्ता हुने सूचना आफूसँग रहेको दाबी गर्दै युक्रेन युद्धमा प्योङयाङले हतियार उपलब्ध गराएमा त्यसको मूल्य उसले चुकाउनुपर्ने चेतावनी पनि उनले दिएका थिए ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ३ : ०० बजे

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन

तनहुँ जलविद्युत् आयोजनाको प्रसारण लाइन निर्माणले गति लिँदै

तनहुँ- तनहुँको ऋषिङ गाउँपालिका-१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै