क्यानले ल्यायो साढे ३६ अर्बको बजेट « Khabarhub

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०- ८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो । प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार प्राधिकरणले उड्डयन तथा हवाई सुरक्षा सुदृढीकरण, पूर्वाधार विकास, विमानस्थल सञ्चालनलगायत प्राथमिकताका क्षेत्र निर्धारण गरी चालु आर्थिक वर्षको बजेट बिनियोजन गरिएको छ ।

 अन्तर्राष्ट्रिय सङ्घ संस्थाबीच सहकार्य, यात्रु सेवा सुविधा अभिवृद्धि, आय वृद्धि तथा आर्थिक अनुशासन, मानव संशाधन विकास लगायतलाई बजेटले प्राथमिकता दिएको प्रवक्ता निरौलाले उल्लेख गरे ।

प्राधिकरणले चालु आवमा रु १५ अर्ब ८८ करोड २५ लाख आम्दानी गर्ने लक्ष्य लिएको छ । यस्तै ऋण-सेयर लगानीका रुपमा रु छ अर्ब ६४ करोड प्राप्त हुने अनुमान गरिएको छ ।  

प्राधिकरणले पुँजीगत खर्चका लागि रु १९ अर्ब तीन करोड ८८ लाख बिनियोजन गरेको छ भने कर्मचारी खर्चमा रु दुई अर्ब ११ करोड ७१ लाख छुट्याएको छ । प्राधिकरणले कार्य सञ्चालन खर्च रु चार अर्ब ३४ करोड र कर्मचारीको बोनसमा रु पाँच अर्ब ८९ विनियोजन गरेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ५ : ०० बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी