सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा « Khabarhub

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दोहा– सुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो ।

कतारी समाचार समितिले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोमा जनरल बुर्हानलाई कतारको विदेश मन्त्रालयका राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाईफीले स्वागत गरे ।

जनरल बुर्हान र कतारका शेख तमिम बिन हमाद अल–थानीबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र साझा हितका मुद्दाका साथै सुडानको अवस्थाका बारेमा छलफल हुने सुडानको सत्तारुढ सार्वभौम परिषद्ले एक विज्ञप्ति निकालेर बताएको छ । बुधवार अबेर सेना प्रमुख बुर्हानले अर्धसैनिक  र्‍यापिड सपोर्ट फोर्सलाई विघटन गर्ने आदेश जारी गर्दै राज्य विरुद्धको विद्रोह,उसले सुडानी नागरिकविरुद्ध गरेका गम्भीर अपराध र देशका भौतिक पूर्वाधारमा नियतवश गरेका तोडफोडलाई दण्डित गर्न त्यसो गरिएको उल्लेख छ । 

खार्तुमको सैन्य मुख्यालय भित्र महिनौँको घेराबन्दीमा बिताएपछि जनरल बुर्हान गत महिना बाहिर निस्केर क्षेत्रीय सहयोगीहरूका साथ र समर्थन जुटाउन विदेश भ्रमणमा छन् । गत महिनाको अन्त्यमा, उनले आफ्नो पहिलो विदेश यात्रा सबैभन्दा पहिले इजिप्टको भ्रमण गरेर सबैभन्दा नजिकको सहयोगी एवं छिमेकी दक्षिण सुडान पुगेका उनले युद्धका प्रारम्भिक दिनमा मध्यस्थताका प्रयास बारम्बार असफल भएपछि कायरो र जुबा हुँदै अहिले दोहाको सहयोग खोजेका छन् । यद्यपि संयुक्त राज्य अमेरिका र साउदी अरबद्वारा मध्यस्थता गरिएको धेरै युद्धविराम उल्लङ्घन भएका थिए । 

यसैबीच, संयुक्त राष्ट्रसङ्घले सुडानी शरणार्थीहरूको सङ्ख्या यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनसक्ने चेतावनी दिएको छ । सेना प्रमुख बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको र्‍यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफान र जाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् । 

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए । 

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका  ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि सेना प्रमुख बुर्हान र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ६ : २५ बजे

दसैँअघि यातायात सञ्चालनयोग्य सडक बनाउन विपद् व्यवस्थापन समितिको निर्देशन

खोटाङ – जिल्ला विपद् व्यववस्थापन समिति खोटाङले दसैँअघि जिल्लाका सबै

ब्राजिलमा लुला र बोल्सोनारोबीच प्रतिस्पर्धा हुने राष्ट्रपतीय चुनावका लागि मतदान

काठमाडौं – ब्राजिलका जनता आइतबार राष्ट्रपति चयनका लागि भएको चुनावमा

हरित क्रान्तिमार्फत समृद्धिको सङ्कल्प पूरा गर्नुपर्छ : घिसिङ

काभ्रे – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले हरित क्रान्तिलाई

२६ तस्बिरमा कांग्रेस महाधिवेशनमा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिकका प्रश्न, असहमति