सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा « Khabarhub

सुडानी सेना प्रमुख कतारी अमिरसँग वार्ता गर्न दोहामा


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

दोहासुडानी सेना प्रमुख अब्देल फताह अल बुर्हान कतारका अमिरसँग वार्ता गर्न बिहीबार दोहा आइपुगेका छन् । गत अप्रिल १५मा अर्धसैनिक बल  र्‍यापिड सपोर्ट फोर्स (आरएसएफ)सँग युद्ध सुरु भएपछि सेना प्रमुख बुर्हानको यो तेस्रो विदेश भ्रमण हो ।

कतारी समाचार समितिले सामाजिक सञ्जाल एक्समा पोस्ट गरेको फोटोमा जनरल बुर्हानलाई कतारको विदेश मन्त्रालयका राज्यमन्त्री मोहम्मद बिन अब्दुलअजिज बिन सालेह अल खुलाईफीले स्वागत गरे ।

जनरल बुर्हान र कतारका शेख तमिम बिन हमाद अल–थानीबीच द्विपक्षीय सम्बन्ध, आपसी चासो र साझा हितका मुद्दाका साथै सुडानको अवस्थाका बारेमा छलफल हुने सुडानको सत्तारुढ सार्वभौम परिषद्ले एक विज्ञप्ति निकालेर बताएको छ । बुधवार अबेर सेना प्रमुख बुर्हानले अर्धसैनिक  र्‍यापिड सपोर्ट फोर्सलाई विघटन गर्ने आदेश जारी गर्दै राज्य विरुद्धको विद्रोह,उसले सुडानी नागरिकविरुद्ध गरेका गम्भीर अपराध र देशका भौतिक पूर्वाधारमा नियतवश गरेका तोडफोडलाई दण्डित गर्न त्यसो गरिएको उल्लेख छ । 

खार्तुमको सैन्य मुख्यालय भित्र महिनौँको घेराबन्दीमा बिताएपछि जनरल बुर्हान गत महिना बाहिर निस्केर क्षेत्रीय सहयोगीहरूका साथ र समर्थन जुटाउन विदेश भ्रमणमा छन् । गत महिनाको अन्त्यमा, उनले आफ्नो पहिलो विदेश यात्रा सबैभन्दा पहिले इजिप्टको भ्रमण गरेर सबैभन्दा नजिकको सहयोगी एवं छिमेकी दक्षिण सुडान पुगेका उनले युद्धका प्रारम्भिक दिनमा मध्यस्थताका प्रयास बारम्बार असफल भएपछि कायरो र जुबा हुँदै अहिले दोहाको सहयोग खोजेका छन् । यद्यपि संयुक्त राज्य अमेरिका र साउदी अरबद्वारा मध्यस्थता गरिएको धेरै युद्धविराम उल्लङ्घन भएका थिए । 

यसैबीच, संयुक्त राष्ट्रसङ्घले सुडानी शरणार्थीहरूको सङ्ख्या यो वर्षको अन्त्यसम्ममा दोब्बर हुनसक्ने चेतावनी दिएको छ । सेना प्रमुख बुर्हानका पूर्वसहायक मोहम्मद हमदान डग्लोले नेतृत्व गरेको र्‍यापिड सपोर्ट फोर्स र सुडानी सेनाबीचको युद्ध राजधानी खार्तुम, पश्चिमी क्षेत्र डाफुरदेखि कोर्डोफानजाजिरा राज्यसम्म फैलिएको छ । युद्धमा परी हजारौँको मृत्यु भएको छ भने लाखौँ पलायन भएका छन् । 

सशस्त्र द्वन्द्वका सम्बन्धमा अनुसन्धान गरिरहेको एक संस्थाका अनुसार हालसम्म पाँच हजारभन्दा बढी सुडानीको मृत्यु भएको छ । यद्यपि मारिनेको वास्तविक सङ्ख्या योभन्दा धेरै भएको अनुमान गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय निकायहरूले युद्ध चर्केपछि सुडानबाट चार करोड ६० लाख सर्वसाधारण विस्थापित भएका जनाएका छन् ।

युद्धबाहेक अत्यधिक गर्मी, अनियमित विद्युत् आपूर्ति, खाद्यान्न, औषधि र अन्य दैनिक उपभोग्य वस्तुको चरम अभावले सुडानका जनताको जीवन अति कष्टकर भएको छ । केही समयअघि सुडानका लागि संयुक्त राष्ट्रसङ्घका मानव अधिकारविज्ञ राधुआने नुइसरले युद्धको भयावह अवस्थाको चित्रण गर्दै पूरै देशलाई बन्धक बनाइएको बताएका थिए । 

अस्थिरताको पर्याय बनेको उत्तरपूर्वी यो अफ्रिकी मुलुकमा सन् २०२१ मा लामो समयदेखि शासन सत्ता सञ्चालन गरेका  ओमार अल बशीरलाई सत्ताच्युत गरेपछि सेना प्रमुख बुर्हान र डगालोबीचको शक्ति सङ्घर्षले लिएको उग्ररुपको परिणाम अहिलेको द्वन्द्वको प्रमुख कारण हो । 

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ६ : २५ बजे

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

रास्वपाको आह्वानमा सर्वदलीय बैठक बस्दै, बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

काठमाडौँ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको

रसुवा बाढीबाट घाइतेको निःशुल्क उपचार प्रबन्ध गरेका छौँ : मुख्यमन्त्री थापा

भक्तपुर– बागमती प्रदेशको मुख्यमन्त्री किरण थापामगरले भोटेकोशी बाढीपहिरोका कारण घाइते

बिहीबारका लागि कुन विदेशी विनिमय दर कति ?

काठमाडौँ : नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर