दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू | Khabarhub Khabarhub

दिनभर आज: यी हुन् तपाईंले छुटाउन नहुने आजका मुख्य समाचारहरू


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त, चिकित्सा शिक्षा अयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त, सन्दीपविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश, निजामती विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय, अन्तर्राष्ट्रिय सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वय आवश्यक, प्राथमिकताका आधारमा विदेश भ्रमणको कार्यसूची तयार हुँदै, चिनियाँ राजदूतलाई फिर्ता पठाउन जनमत पार्टीको माग, नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगितलगायतका समाचारले प्रमुख स्थान पाए ।

कोशी प्रदेशका मुख्यमन्त्री थापा पदमुक्त
सर्वोच्च अदालतले कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापालाई पदमुक्त गरिदिएको छ ।

सर्वोच्चले मुख्यमन्त्री थापाले लिएको विश्वासको मत असंवैधानिक रहेको ठहर गर्दै मुख्यमन्त्रीबाट पदमुक्त गर्न आदेश दिएको हो ।

निजामती विधेयक संसद्मा पेस गर्ने सरकारको निर्णय
सरकारले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्तसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको छ ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको मन्त्रिपरिषद्को बैठकले संघीय शिक्षा ऐनसम्बन्धी विधेयक, २०८० संघीय संसद्मा पेस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्।

‘अन्तर्राष्ट्रिय सुरक्षा खतराविरुद्ध लड्न आपसी समन्वय आवश्यक’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रियरूपमा हुने सङ्गठित तथा साइबर अपराध र आतङ्कवादको वृद्धिका कारण विश्वले सुरक्षा चुनौतीको सामना गरिरहेको जनाउँदै त्यसका लागि आपसी समन्वय आवश्यक रहेको बताएका छन् ।

दिगो आर्थिक विकासका पक्षमा सरकार क्रियाशील : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रको साथ सहयोगसहित वैदेशिक सहयोग वृद्धि गर्दै समावेशिताको अवधारणालाई आत्मसाथ गरी दिगो आर्थिक विकासका पक्षमा सरकार क्रियाशील रहेको बताएका छन् ।

प्रधानमन्त्रीको चीन भ्रमणको एजेण्डाबारे सदनलाई जानकारी गराउन एमालेको माग
नेकपा एमालेका सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणको एजेण्डा र प्राथमिकताहरूबारे सदनलाई जानकारी गराउन र छलफल चलाउन माग गरेका छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणको सुनुवाइ स्थगित
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरूको निवेदनमाथि बिहीबार हुने भनिएको सुनुवाइ स्थगित भएको छ।

उच्च अदालत पाटनमा आज हुने भनिएको सुनुवाइ थुनामा परेका आरोपितहरूका कानून व्यवसायीहरूको निवेदनका आधारमा स्थगित भएको हो ।

प्राथमिकताका आधारमा विदेश भ्रमणको कार्यसूची तयार हुँदै छ : परराष्ट्रमन्त्री
परराष्ट्रमन्त्री नारायण प्रकाश (एनपी) साउदले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आसन्न विदेश भ्रमणका कार्यसूचीहरू प्राथमिकताका आधारमा तयार भइरहेको बताएका छन् ।

प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा प्रधानमन्त्री दाहालको आसन्न विदेश भ्रमणको कार्यसूचीबारे जानकारी गराउँदै उनले सबै मन्त्रालयबाट सुझाव आउने क्रम जारी रहेको र प्राथमिकताका आधारमा कार्यसूची तयार भइरहेको बताए ।

चिकित्सा शिक्षा अयोगको उपाध्यक्षमा अन्जनीकुमार झा नियुक्त
सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्षमा डा। अन्जनीकुमार झालाई नियुक्त गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष झालाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।

यादवमाथिको आक्रमण र बालिका निधनबारे जानकारी गराउन सभामुखको रुलिङ
प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

सन्दीपविरुद्धको मुद्दामा पीडितको जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउन आदेश

सन्दीप लामिछाने विरुद्ध परेको बलात्कार मुद्दामा अदालतले पीडित किशोरी ‘गौशाला २६’को जन्मदर्ता सम्बन्धी थप कागजात झिकाउने आदेश दिएको छ । लामिछानेविरुद्धको जबरजस्ती करणी मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा परेको थियो ।

महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण नहुने

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले महाकाली नदी नियन्त्रण कार्यालय तत्काल स्थानान्तरण गर्ने सोचमा सरकार नरहेको बताएका छन् ।

उनले सरकारले सुदूरपश्चिम प्रदेशका बझाङ, बैतडी र डडेल्धुरा जिल्लाका विभिन्न नदी नियन्त्रणका लागि गम्भीर र दत्तचित्त भएर लागि परेको बताए ।

सभामुख घिमिरे र अस्ट्रेलियन राजदूतबीच शिष्टाचार भेट
सभामुख देवराज घिमिरेसँग नेपालका लागि अस्ट्रेलियन राजदूत फेलिसिटी भोल्कले शिष्टाचार भेट गरेकी छन् ।

सिंहदरबारस्थित सभामुख कार्यकक्षमा बिहीबार भएको भेटमा द्विपक्षीय हित, मैत्रीपूर्ण सम्बन्ध र उच्चस्तरीय भ्रमण लगायतका विषयमा छलफल भएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले जानकारी दिए ।

विकास निर्माणमा राष्ट्रिय सहमति आवश्यक: गृहमन्त्री
उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकको विकासका लागि राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् । माडी नगरपालिकाले आज आयोजना गरेको जनप्रतिनिधि एवं कर्मचारीसँगको छलफलका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले विकास निर्माणका विषयमा सबै दल एक भएर अघि बढ्नुपर्नेको विकल्प नरहेकोमा जोड दिए ।

कांग्रेस क्षेत्रीय सभापति एवं वडाध्यक्ष रिजालको अन्त्येष्टि
आज बिहान निधन भएका काठमाडौँ महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको अन्त्येष्टि गरिएको छ ।

कांग्रेस काठमाडौँ क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहेका वडाध्यक्ष रिजालको दुवै फोक्सोमा सिभियल निमोनिया ९भाइरल निमोनिया० का कारण निधन भएको थियो ।

क्यानले ल्यायो साढे ३६ अर्बको बजेट
नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले चालु आर्थिक वर्ष २०८०-८१ का लागि रु साढे ३६ अर्बको बजेट विनियोजन गरेको छ ।

प्राधिकरण सञ्चालक समितिको बैठकले चालु आवका लागि रु ३६ अर्ब ६६ करोड ६४ लाख बजेट स्वीकृत गरेको हो ।

चिनियाँ राजदूतलाई फिर्ता पठाउन जनमत पार्टीको माग
जनमत पार्टीका उपाध्यक्ष तथा सांसद अब्दुल खानले चिनियाँ राजदूत छेन सोङलाई फिर्ता पठाउन माग गरेका छन् ।

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खानले नेपालका लागि चिनियाँ राजदूतको अभिव्यक्तिको विरोध गर्दै ती राजदूतलाई फिर्ता पठाउनुपर्ने माग गरेका हुन् ।

अमेरिकी सेनाको टोली काठमाडौंमा

नेपाली सेनासँगको सैन्य अभ्यासमा सहभागी हुन अमेरिकी सेनाको टोली काठमाडौं आइपुगेको छ। अमेरिकी सैनिक अधिकारी लिम कमेन्टरको नेतृत्वमा १२ जना अमेरिकी सैनिक काठमाडौं आइपुगेका हुन्।

देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा : सभापति लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशको वैकल्पिक शक्तिका रूपमा रास्वपा उदाएको बताएका छन्।

बिहीबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा आयोजित सभालाई सम्बोधन गर्दै लामिछानेले विद्यमान राजनीति कसले र किन गर्ने भन्ने परिभाषा बदल्नका लागि र देशको हित, युवाहरूलाई विदेश पलायन हुनबाट रोक्न रास्वपा उदाएको बताएका हुन् ।

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ८ : ५९ बजे

प्रचण्डले बोलाए सर्वदलीय बैठक

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका

क्यानडाले नेपाललाई दियो १२४ रनको लक्ष्य

काठमाडौं – क्यानडाले नेपाललाई १२४ रनको लक्ष्य दिएको छ ।

कार्यवाहक प्रधानमन्त्री सिंहले बोलाए सर्वदलीय बैठक

काठमाडौं – कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले सर्वदलीय बैठक बोलाएका छन्

उद्धार कार्यमा खटिन रास्वपाद्वारा पार्टी सदस्यहरुलाई निर्देशन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले जोखिमपूर्ण अवस्थामा रहेका नागरिकको

आइतबार बिहानैदेखि मौसममा सुधार हुने

काठमाडौं – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले