सुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ | Khabarhub Khabarhub

सुरक्षा चुनौती सामना गर्न अझै प्रभावकारी कदम चाल्नुपर्छ : उपप्रधानमन्त्री श्रेष्ठ


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले विश्वव्यापी रुपमा बढ्दो नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी ढङ्गबाट नियन्त्रण गर्न जरुरी रहेको बताए।

इन्टरपोल स्थापनाको एक सताब्दी पुगेको अवसरमा आज काठमाडौँमा नेपाल प्रहरीले आयोजना गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले साइबर अपराध, आतङ्कवाद र अन्तर्राष्ट्रिय सङ्गठित अपराधजस्ता विश्वव्यापी नयाँ सुरक्षा चुनौती र खतरालाई अझ प्रभावकारी रूपमा नियन्त्रण गर्न जरुरी रहेको बताए ।

उनले अपराध नियन्त्रणमा देशहरुबीच आपसी समन्वय जरुरी रहेको बताउँदै यस कार्यमा नेपाल प्रहरीले गरेको प्रयासको सराहना व्यक्त गरे । एक शताब्दीदेखि इन्टरपोल अन्तर्राष्ट्रिय अपराध र आतङ्कवाद विरुद्धको विश्वव्यापी लडाइमा अमूल्य साझेदार भएको जनाउँदै गृहमन्त्री श्रेष्ठले यसले अन्तर्राष्ट्रिय प्रहरीबीच सहयोग अभिवृद्धि गर्नुका साथै सूचनाको आदानप्रदानमा महत्वपूर्ण भूमिका खेल्दै आएकामा प्रशंसा गरे ।

उक्त कार्यक्रम मनाउँदै गर्दा नेपाल प्रहरीका पुरुषोतम नेपालीले सगरमाथाको सफल आरोहण गर्नु महत्वपूर्ण उपलब्धि भएको उनले बताए । गृहमन्त्री श्रेष्ठले अन्तर्राष्ट्रिय प्रहरीको सहयोगलाई सुदृढ पार्ने नेपालको प्रतिबद्धतालाई पुन दोहो¥याए । न्याय र सुरक्षाका लागि अन्तर्राष्ट्रिय सहयोगी र साझेदारहरूसँग समन्वय अभिवृद्धि गर्ने सङ्कल्पमा नेपाल सरकार लागिरहेको उनले बताए ।

आफ्नो सिमानाभित्र शान्ति र सुव्यवस्था कायम राख्नका लागि महत्वपूर्ण भूमिका खेल्दै आएको नेपाल प्रहरीले इन्टरपोलसँगको सहकार्यमा राष्ट्रिय सुरक्षा प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण भूमिका खेलेको गृहमन्त्री श्रेष्ठको भनाइ थियो । उनले भने , “विश्वले नै अन्तर्राष्ट्रिय अपराधबाट गम्भीर चुनौतीको सामना गरिरहेको छ, त्यस्ता अपराध नियन्त्रण गर्न सुदृढ साझेदारको खाँचो रहेको छ ।”

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ८ : ४९ बजे

प्रहरी भ्यानबाट भागेका कैदी खतरनाक ग्याङमा आबद्ध

फ्रान्स – प्रहरी भ्यानबाट भागेर चर्चामा आएका फ्रान्सका एक कैदी

दोलखामा बोलेरो दुर्घटना हुँदा १४ जना घाइते, ९ जनाको अवस्था गम्भीर

दोलखा– दोलखाको मेलुङ गाउँपालिका वडा नम्बर १ पवटीमा मलामी बोकेको

अर्थतन्त्रको बिग्रँदो स्वास्थ्य र आर्थिक प्रजातन्त्र

म अर्थशास्त्री होइन । अर्थतन्त्रको सञ्चालक पनि होइन । मसँग

संसदको गतिरोधबारे प्रधानमन्त्री र सभामुखबीच छलफल

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेबीच भेटवार्ता

थाइल्यान्डमा उठेको मानव अधिकारको प्रश्न

राजसंस्थाको अपमान गरेको आरोपमा जेल चलान भएकी एक महिला लामो