जवानको आक्रामक सुरुवात « Khabarhub

जवानको आक्रामक सुरुवात


२१ भाद्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – शाहरुख खान स्टारर ‘जवान’ले भारत र नेपालसहितका अन्तर्राष्ट्रिय बजारमा आक्रामक ओपनिङ गर्ने प्रक्षेपण गरिएको छ ।

भारतमा मात्र रिलिज अगावै तीन लाख ९१ हजारभन्दा बढी टिकट बिक्री भएको र पहिलो दिन त्यहाँ ७० करोड भारु हाराहारीको ओपनिङ हुने जनाइएको छ ।

बलिउड ट्रेड एनालिस्ट अतुल मोहनले भारतका सबै भाषामा फिल्मको कमाइ ७० करोड भारु हुने बताएका छन् । हिन्दी संस्करणमा मात्र फिल्मले ‘पठान’को ओपनिङलाई उछिन्ने उनको अनुमान छ । व्यापार विश्लेषकका यी प्रक्षेपण एड्भान्स टिकट बिक्रीको आधारमा गरिएका हुन् ।

शाहरुखको अघिल्लो फिल्म ‘पठान’ले भारतीय बक्स अफिसमा ५७ करोड भारुको ओपनिङ गरेको थियो । भारतमा बिहान ५ बजेदेखि नै शोहरु तय गरिएका छन् । अग्रिम टिकट बिक्रीमै फिल्मले २७ करोडको व्यापार गरिसकेको छ ।

भारतको राजधानी नयाँ दिल्लीमा सुरु हुन लागेको विश्व नेताहरुको सम्मेलन जी–२० भेलाले पनि ‘जवान’को शो प्रभावित नहुने जनाइएको छ ।

भारतबाहेक अमेरिका, अष्ट्रेलिया, युरोप र मध्यपूर्व लगायतका अन्तर्राष्ट्रिय बजारमा समेत जवानले आक्रामक ओपनिङ गर्ने अनुमान छ ।

चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांकमा हेर्दा नेपालमा ‘जवान’को एड्भान्स बुकिङ शाहरुखकै अघिल्लो फिल्म ‘पठान’को लेभलमा देखिएको छैन । तर पनि फिल्मले पहिलो सप्ताहन्त नेपाली बक्स अफिसमा आक्रामक ओपनिङ गर्नेमा दुईमत छैन ।

बिहीबारभन्दा शुक्रबार र शनिबार फिल्मको कमाइ अझै वृद्धि हुन सक्छ । पहिलो सप्ताहन्तमध्ये शनिबारको कमाइ बिहीबार र शुक्रबारभन्दा उच्च हुन सक्छ ।

यो ट्रेन्ड हेर्दा जवानको तीनदिने कमाइ चार करोड रुपैयाँ हाराहारीमा पुग्ने अनुमान छ । तर यो सबै कुरा फिल्मको रिभ्युमा निर्भर हुनेछ ।

स्रोत : एएनआई

प्रकाशित मिति : २१ भाद्र २०८०, बिहीबार  ९ : ०५ बजे

भोलि खुलामञ्चमै कांग्रेस केन्द्रीय समिति बैठक

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक सोमबार बिहान १०

रक्षा बमको कटाक्ष : धन्न जेनजीहरूले रगत बगाइदिए, प्रधानमन्त्री हुन पाए

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को टिप्पणीप्रति जेनजी अभियन्ता रक्षा

बालेनलाई सचिनको जवाफ : ‘धन्न कांग्रेसले लोकतन्त्र स्थापना गरेछ, टिप्पणी गर्न पाएका छन्’

काठमाडाैं – नेपाली कांग्रेसका युवा नेता सचिन तिमिल्सिनाले प्रधानमन्त्री बालेन्द्र

यस्तो छ कांग्रेसको निर्वाचन कार्यक्रम, मनोनयन दर्ता मंगलबार

काठमाडौं । नेपाली कांग्रेसले निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ  ।

गगनको अभिव्यक्तिपछि बालेनले भने : ‘धन्न खुलामञ्च राम्रो बनाइएछ’

काठमाडाैं – प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले नेपाली कांग्रेसको १५औँ महाधिवेशन