सपना के हो र किन देखिन्छ ?  « Khabarhub

सपना के हो र किन देखिन्छ ? 


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.3k
Shares
  • change font
  • change font
  • change font

हामी राति होस् या दिउँसो, निदाएको समयमा सपना देख्ने गर्छौँ। केही त्यस्ता सपना हुन्छन् जसले हाम्रो मनलाई आनन्द दिन्छ भने केही सपनाले डर उत्पन्न गर्छ । कथा, दृश्य र तस्वीर, जुन हाम्रो मस्तिष्कमा हामी निदाएको बेला उत्पन्न हुन्छ, त्यसलाई हामी सपना भन्छौँ । सपना रमाइलो, डरलाग्दो, रोचक र अनौठो हुनसक्छ ।

वैज्ञानिकहरूले सपनाका बारेमा केही अध्ययनहरू गरेका छन् । उनीहरूले सपना मानिसको दैनिक जीवनमा देखिएका बाहिरी दृश्यहरूमा कल्पनाको प्रतिविम्ब उत्पन्न हुने बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार मानिसहरूले पनि त्यसकै आधारमा सपना देख्ने गर्दछन् । सपनाको सम्बन्ध मानिसको सोच्ने तरिका, बाहिरी वातावरण र कल्पनाको संयोग पनि हो भनेका छन् । 

घुरेको बेलामा सपना देखिँदैन । एउटा सपना कम्तीमा पनि ५ देखि २० मिनेटसम्म देखिन्छ । सपना देखेको पाँच मिनेटमा ५० प्रतिशत र १० मिनेटभित्र ९० प्रतिशत सपना बिर्सिने हुन्छ । हरेक मनिसले एक रात वा दिनमा तीनदेखि सात वटासम्म सपना देख्न सक्छ ।

नराम्रो सपना देख्नुको कारण धेरैजसो सपना भय, चिन्ता र डरसँग सम्बन्धित हुन्छन् । यसो हुनुको कारण मस्तिष्कमा नकारात्मक विचारको प्रधानता हुनु हो ।

मस्तिष्कले दिनभर जम्मा गरेका सूचनाहरू निद्राको समयमा प्रतिबिम्बित हुन्छन् । हामीले दिउँसो जुन सूचना प्राप्त गर्छौँ, त्यसकै वरिपरि र सन्दर्भसँग जोडिएका सपना बढी देखिने गर्दछ ।

सपनाले विभिन्न किसिमका व्यवहारहरू देखाउँछ । भविष्यका योजनाको तयारी, कहिलेकाहीँ आत्मशक्ति र क्षमता वृद्धि गर्न पनि सपनाले सहयोग गर्दछ । मस्तिष्कको एउटा यस्तो अवस्था जसले भविष्य, वर्तमान र भूतलाई दर्साउने अनुसन्धानकर्ता बताउँछन् ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ७ : ०८ बजे

बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध

बागलुङ – अविरल वर्षाका कारण ठाडोखोलामा आएको बाढीले मध्यपहाडी लोकमार्गको

पाल्पामा पहिरोको वितण्डा : दुई घर भत्किए, एक महिला बेपत्ता

पाल्पा– अविरल वर्षासँगै आएको पहिराले पाल्पामा ठूलो क्षति पुर्‍याएको छ

पोप लियो फ्रान्समा, एआईदेखि युरोपको भविष्यसम्म छलफल हुने

पेरिस- पोप लियो चौधौँ शुक्रबार फ्रान्स पुगेका छन् । गत वर्ष

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको