आर्थिक सङ्कट समाधान गर्न सरकारलाई आग्रह « Khabarhub

आर्थिक सङ्कट समाधान गर्न सरकारलाई आग्रह


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मुलुकको आर्थिक क्षेत्रका सङ्कट, जनजिविका, महँगीलगायत समस्या समाधान गर्न सरकार आग्रह गरेका छन् ।

समाजवाद जागरण अभियानद्वारा आज कावासोतीमा आयोजित कोणसभामा उनले मुलुकको अर्थतन्त्रमा देखा परेको सङ्कट समाधान गर्नका निम्ति आफ्नो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको स्मरण गराए ।

अध्यक्ष नेपालले आफूहरू क्रान्तिकारी एजेन्डा लिएर जनताको बीचमा आएको बताउँदै रोजगारी, सुशासन र समृद्धिलाई मुख्य मुद्दा बनाएर समाजवादी जागरण अभियानमा जुटेको स्पष्ट पारे । उनले औद्योगिक विकास र मिटर ब्याज पीडितको पक्षमा पार्टी दृढतापूर्वक क्रियाशीलता रहेको दाबी गरे ।

यही असोज १४ मा काँकडभिट्टाबाट सुरु भएको अभियानअन्तर्गत बिर्तामोड, दमक, उर्लाबारी, विराटचोक, इटहरी, इनरुवा, भारदह, राजविराज, छिन्नमस्ता, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहा, जनकपुर, जलेश्वर, ढल्केबर, लालबन्दी, गरुडा, हर्नैया, कलैया र वीरगञ्ज, पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा जागरण अभियान सम्पन्न गरिएको छ ।

पार्टीले सुरु गरेको समाजवादी जागरण अभियानमा अहिलेसम्म चार हजार नेता कार्यकर्ता पार्टीमा समाहित भएको पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । 

पार्टीले यही असोज १४ गते मेचीदेखि सञ्चालन गरिएको अभियानका क्रममा कोशी र मधेस प्रदेशका विभिन्न जिल्लामा एमाले, कांग्रेस, माओवादीलगायत पार्टीका चार हजार नेता कार्यकर्ता सो पार्टीमा समाहित भएको उनको भनाइ छ । 

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ११ : ०४ बजे

स्वास्थ्यमन्त्री र स्वास्थ्य क्षेत्रका दातृ निकायका प्रतिनिधिबीच भेटवार्ता  

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा शर्मा गौतम र

निर्वाचनको वातावरण बनाउन जनतालाई अपिल गर्दै सरकारलाई दबाब दिन्छौँ : प्रचण्ड 

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले निर्वाचनको वातावरण

लुम्बिनीले टस जित्यो, काठमाडौंलाई पहिला ब्याटिङको निम्तो

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको

घाँस काट्ने क्रममा लडेर एक जनाको मृत्यु

ताप्लेजुङ– ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–३ लिङखिमका एक व्यक्तिको घाँस काट्ने क्रममा

५ अंकले बढ्यो नेप्से, १२५ वटा कम्पनीको सेयर मूल्यमा भने गिरावट

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३२ अंकले बढेको छ