प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा « Khabarhub

प्यालेस्टाइनी लडाकुको भीषण हमलापछि इजरायली प्रधानमन्त्री नेतान्याहूद्वारा युद्धको घोषणा


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


153
Shares
  • change font
  • change font
  • change font

जेरुसलेम- प्यालेस्टाइनी लडाकुहरुले इजरायलमाथि भीषण आक्रमण सुरु गरेका छन् । शनिबारबाट हमास, प्यालेस्टाइन इस्लामिक जिहाद लगायतका प्यालेस्टाइनी लडाकु समूहले गाजापट्टीबाट इजरायलमाथि आक्रमण सुरु गरेका हुन् । ऐतिहासिक रुपमा विभिन्न धार्मिक एवम् राजनीतिक द्वन्द्वको चपेटामा पर्दै आएको सो क्षेत्रमा प्यालेस्टाइनी लडाकुहरुले क्षेप्यास्त्रसँगै स्थल आक्रमण गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

शनिबार सबेरै प्यालेस्टाइनी लडाकुले इजरायलतर्फ रकेट आक्रमण गरेका थिए । रकेट आक्रमणसँगै उनीहरुले स्थल कारवाही थालेका थिए । हाल प्यालेस्टाइनी लडाकुले स्देरोत, कफ्र अजा, ओफाकिम, नहल ओजजस्ता केही सीमावर्ती सहरमा प्रवेश गरी गोली चलाइरहेको जनाइएको छ । हालसम्म कति लडाकु इजरायली भूमिमा प्रवेश गरेका छन् भन्ने स्पष्ट भइसकेको छैन । इजरायली प्रहरीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार दक्षिणी इजरायलका २१ स्थानमा दोहोरो गोली हानाहानका घटना भएका छन् ।

पछिल्लो आक्रमण दुई दशकअघिको दोस्रो प्यालेस्टाइनी विद्रोह इन्तेफादायताकै सबैभन्दा भीषण हो । हालसम्म हताहतीको यकिन विवरण सार्वजनिक नभएपनि २२ जना इजरायलीको मृत्यु भएको र अरु ५४५ जना घाइते भएको त्यहाँको एम्बुलेन्स सेवालाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय समचार संस्था रोयटर्सले जनाएको छ । यद्यपि मृतकको सङ्ख्या अझै धेरै रहेको बताइएको छ ।

हामासजस्तै गाजा पट्टीमा सक्रिय लडाकु समूह अर्को लडाकु समूह प्यालेस्टाइनी इस्लामिक जिहादले पनि आफूहरु यस आक्रमणमा सहभागी रहेको जनाएको छ । यस समूहले केही इजरायली नागरिक एवम् सैनिकलाई बन्धक बनाएको भिडियोसमेत सार्वजनिक गरेको रोयटर्सले उल्लेख गरेको छ ।

इजरायलमाथि आक्रमण भएसँगै त्यहाँका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो मुलुक हाल युद्धको अवस्थामा रहेको घोषणा गरेका छन् । इरानसमर्थित लडाकुले आफ्नो मुलुकमाथि आक्रमण गरेको भन्दै उनले यसको बदला लिइछाड्ने दृढता व्यक्त गरेका छन् । आक्रमणको बदलामा इजरायली रक्षा फौजले गाजा क्षेत्रमा व्यापक हवाई आक्रमण गरेको छ ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : ०० बजे

जिल्ला आचारसंहिता अनुगमन समितिमा एक हजार ७६ उजुरी, लुम्बिनीमा सबैभन्दा धेरै

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ उल्लङ्घन भन्दै जिल्ला आचारसंहिता अनुगमन समिति

गुगललाई नक्सा डाटा निर्यात अनुमति

सियोल– वर्षौंदेखि विदेशी पर्यटक र प्रयोगकर्ताले भोग्दै आएको असुविधापछि दक्षिण

हरित अर्थतन्त्रमा दलहरूको दृष्टिकोण : वन संरक्षणदेखि उपभोगसम्मका प्रतिस्पर्धी ‘एजेन्डा’

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचन नजिकिँदै गर्दा प्रमुख राजनीतिक दलहरूले

गगनले केपी ओली, रवि र बालेनमाथि एकसाथ साँधे निशाना

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा एमालेका अध्यक्ष केपी

पोखरामा एनसेल सेन्टर पुनः सञ्चालनमा 

काठमाडौं– एनसेलले पोखरामा आफ्नो एनसेल सेन्टर पुनः सञ्चालनमा ल्याएको छ ।