खोलाले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता | Khabarhub Khabarhub

खोलाले बगाएर एक जनाको मृत्यु, एक बेपत्ता


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– पश्चिम चितवनको राप्ती नदीले बगाएर एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२४ की ४८ वर्षीया फडिमायाँ अधिकारी रहेकी प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार बेपत्ता हुनेमा ३२ वर्षीया निरमायाँ श्रीमल रहेकी छन् । पण्डितका अनुसार उनीहरु आज बिहान निगुरो टिप्न गएका थिए । बेपत्ता श्रीमलको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

मृतकको शवपरीक्षणका लागि भरतपुर अस्पताल ल्याइएको पण्डितले बताए। भरतपुर महानगरपालिका–२५ स्थित जमुनाघाटमा उनीहरुलाई नदीले बगाएको थियो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ६ : १० बजे

विद्या भण्डारीले खोलिन्‌ व्यक्तिगत वेबसाइट

काठमाडौँ – नेकपा (एमाले) मा सक्रिय राजनीति गर्न फर्किएकी पूर्वराष्ट्रपति

कीर्तिपुरमा सेफ्टीट्याङ्कीको खाल्डोमा डुब्दा एक जनाको मृत्यु, अर्को शव पनि फेला

काठमाडौँ – काठमाडौँको दुई छुट्टाछुट्टै घटनामा आज दुई जनाको मृत्यु

इजरायलले हवाई आक्रमण गर्दा लेबनानमा १२ जनाको मृत्यु

एजेन्सी – इजरायलले पूर्वी लेबाननको बेका उपत्यकामा गरेको हवाई आक्रमणमा

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

काठमाडौँ – नेपाल आयल निगमले पेट्रोलमा प्रतिलिटर पाँच र डिजेल

युक्रेनमा जासुसी गर्ने अमेरिकी नागरिकलाई रुसी पासपोर्ट

एजेन्सी – युक्रेनी सेनाहरूमाथि जासुसी गरेर मस्कोको सैन्य आक्रमणलाई सहयोग