अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने « Khabarhub

अमेरिकी प्रतिनिधिमण्डलमा उपराष्ट्रपति जेडी भान्स संलग्न नहुने


६ बैशाख २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


498
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग युद्ध अन्त्यका लागि हुने वार्तामा उपराष्ट्रपति जेडी भान्सले प्रतिनिधिमण्डलको नेतृत्व नगर्ने आइतबार बताएका छन्। उनले वार्ताका लागि अमेरिकी प्रतिनिधिमण्डल सोमबारसम्ममा इस्लामावाद पुग्ने यसअघि नै बताएका थिए।

इस्लामावादमा तेहरानसँग अघिल्लो चरणको वार्ताको नेतृत्व गरेका तर कुनै सम्झौता नगरी आएका उपराष्ट्रपति भान्सले यस पटक अमेरिकी वार्ता टोलीको नेतृत्व नगर्ने समाचारले वार्ताको वातावरण अन्योलपूर्ण अवस्थाको रूपमा देखा परेको छ किनकि ट्रम्पको क्याबिनेटका सदस्यहरूले उपराष्ट्रपति भान्सले नै वार्ताको नेतृत्व गर्ने बताएको थियो।

“यो केवल सुरक्षाका कारण हो,” राष्ट्रपति ट्रम्पले एबीसी न्यूजसँग भने, “इस्लामिक गणतन्त्रसँग सम्झौता गर्न सक्ने क्षमताको चिन्ताका कारण भान्सलाई इस्लामावाद यात्राबाट हटाइएको भन्ने कुनै पनि धारणा सही होइन ।”

यसअघि संयुक्त राष्ट्रसङ्घका लागि वाशिङ्टनका दूत माइक वाल्ट्जले एबीसी न्यूजको ‘दिस विक’ कार्यक्रममा भन्नुभएको थियो,“राष्ट्रपतिले घोषणा गरेजस्तै हाम्रा मुख्य वार्ताकारहरू र उपराष्ट्रपति अर्को चरणको वार्ताका लागि पाकिस्तान यात्रामा जान लाग्नुभएको छ।”

अमेरिकी ऊर्जामन्त्री क्रिस राइटले सीएनएनको ‘स्टेट अफ द युनियन’ सँग भने, “भान्सले सुरुदेखि नै वार्ताको नेतृत्व गरिरहनुभएको थियो र यस पटक पनि सम्भवतः उहाँ नै जानुहुनेछ।”

सोमबारदेखि सुरु हुने भनिएको वार्ताका लागि अमेरिकी टोलीको नेतृत्व कसले गर्ने भन्ने स्पष्ट भएको छैन । ट्रम्पका विशेष दूत स्टिभ विटकोफ र उहाँका ज्वाइँ जारेड कुश्नर अप्रिल ११ मा भएको लामो वार्तामा पाकिस्तान पुगेका थिए ।

त्यसअघि ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा एक पोस्टमा इरानले दुई हप्ताको युद्धविरामको पूर्ण उल्लङ्घन गरेको आरोप लगाउँदै कुनै सम्झौता नभए इरानका पावर प्लान्ट र पुलहरू नष्ट गर्ने चेतावनी दिएका थिए ।

ट्रम्पले आफूले इरानलाई ‘उचित सम्झौता’ प्रस्ताव गरेको बताउँदै भनेका थिए, “यदि तेहरानले अस्वीकार गरेमा ‘अमेरिकाले इरानका सबै पावर प्लान्ट र हरेक पुल ध्वस्त पार्नेछ । अब कुनै राम्रो विकल्प छैन । ” वाल्ट्जले नयाँ चरणको वार्ताले “अविश्वसनीय परिणाम“ निम्त्याउँछ भन्ने विश्वास व्यक्त गरे।

‘स्ट्रेट अफ हर्मुज’ आइतबार पनि बन्द रह्यो । रणनीतिक जलमार्ग पुनः खोल्ने घोषणा गरेको एक दिनपछि इरानले शनिबार फेरि उक्त मार्ग पानीजहाजका लागि बन्द गरेको घोषणा गरेको थियो।

बेलायतको सामुद्रिक सुरक्षा निकायले शनिबार इरानको रिभोलुसनरी गाड्र्सले एउटा ट्याङ्करमाथि गोली चलाएको जनाएको छ भने सुरक्षा गुप्तचर संस्था भ्यानगार्ड टेकले खाडीबाट भागिरहेको एउटा खाली क्रुज जहाजलाई ‘नष्ट’ गर्ने चेतावनी दिएको जनाएको थियो ।

तेस्रो घटनामा, बेलायतको एक निकायले भनेको थियो, “आफूले एक जहाजलाई ‘अज्ञात प्रोजेक्टाइल’ द्वारा आक्रमण भएको रिपोर्ट प्राप्त गरेको थियो । आक्रमणबाट ढुवानी कन्टेनरमा क्षति पुगेको तर आगो नलागेको रिपोर्टमा उल्लेख छ ।” अमेरिका–इरानबिचको दुई हप्ता लामो युद्धविराम बुधबार सकिँदैछ।

प्रकाशित मिति : ६ बैशाख २०८३, आइतबार  १० : ५० बजे

घरजग्गा कारोबारबाट वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौं– घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र

२४ घण्टामा एक हजार ९६२ जना ट्राफिक प्रहरीको कारबाहीमा

काठमाडौं– ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा एक हजार

प्रतिनिधिसभा : आकस्मिक समयमा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाको आकस्मिक समयमा सांसदहरूले सडक मार्गलाई सुरक्षित बनाउनुपर्नेदेखि रातो

सर्वोच्चमा नयाँ ट्विस्ट : प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दर्ता गर्न कामु प्रधान्यायाधीशको आदेश

काठमाडौं- कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले कानुनबमोजिम आएका रिट निवेदन

भरतपुरका सहरी क्षेत्रमा रहेका अव्यवस्थित तार हटाइँदै

चितवन– भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित