यात्रुको गुनासो सुन्न राजमार्गमा सहायता कक्ष « Khabarhub

यात्रुको गुनासो सुन्न राजमार्गमा सहायता कक्ष


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


129
Shares
  • change font
  • change font
  • change font

धादिङ – चाडपर्व सुरु भएर सवारीको चाप बढेसँगै ट्राफिक प्रहरीले पृथ्वी राजमार्गका ठाउँठाउँमा यात्रु सहायता कक्ष सञ्चालनमा ल्याएको छ । सवारीले यात्रु ओराल्ने चढाउने र यात्रुको चाप बढी हुने स्थानको छनोट गरी राजमार्गको पाँच ठाउँमा र सदरमुकाम धादिङवेसीको पुछार बजारमा सहायता कक्ष सञ्चालनमा ल्याएको हो ।

यात्रुको गुनासो सुन्ने द्देश्यले सहायता कक्षा सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । “समस्यामा परेका यात्रु, चालक तथा सहचालक सबैले समस्या पर्दा प्रारम्भिक जानकारी गराउने ठाउँ यात्रु सहायता कक्षा हो । प्रहरी नै सडकमा उत्रिएर यात्रुलाई सहयोग गर्न यो कार्यक्रम ल्याइएको हो”, गौतमले भने, “यात्रा गरिरहँदा चोरी भएमा, सवारी साधनले वृद्धवृद्धा, महिला, अपाङ्गता भएकालाई दिनुपर्ने सहुलियत तथा सेवा नदिएमा, गन्तव्यमा पुर्‍याउन सवारीले ढिलाइ गर्नेजस्ता समस्या समाधान गर्न यात्रु सहायता कक्षाले सहयोग पुर्‍याउनेछ ।”

पृथ्वी राजमार्गको महादेववेसी, गल्छी, गजुरी, जोगीमारा र खानीखोलामा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याइएको र यात्रुलाई ठगिनबाट जोगाउने पनि यसको मुख्य उद्देश्य रहेको जिल्ला प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक रविन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय धादिङले दसैँ–तिहार विशेष सुरक्षा योजना आजैदेखि लागू गराइएको छ । चार्डपर्वको बेलामा हुनसक्ने झैझगडा, चोरी, जुवातास लगायतका घटना हुन नदिन विशेष सुरक्षा योजना बनाएर लागू गरिएको हो । सुरक्षा सतर्कताको लागि धादिङमा प्रदेश प्रहरी कार्यालयबाट ६५ प्रहरी थप गरी परिचालन गरिने प्रहरी उपरीक्षक गौतमले जानकारी दिए ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  ९ : ५७ बजे

परम्परागत चिकित्सामा सहयोग बढाउन भारत–अफगानिस्तान छलफलमा

एजेन्सी– अफगानिस्तानका जनस्वास्थ्य मन्त्री मावलवी नूर जलाल जलालीले भारत र

कांग्रेस महाधिवेशनमा पेशागत संघ–संस्थालाई पूर्ण प्रतिनिधित्वको माग

काठमाडौं– नेपाली कांग्रेसको आगामी महाधिवेशनमा शुभेच्छुक संस्थाका प्रतिनिधिलाई मतदानको अधिकार मात्र

चौथो बन्दै उपमहासचिवमा पराजित भए ओलीका भित्रिया विष्णु रिमाल

काठमाडौं- नेकपा एमालेको एघारौँ महाधिवेशनमा ओलीका सबैभन्दा विश्वासिला पात्र विष्णु

उपाध्यक्षमा गुरुङ लोकप्रिय, ल्याए १७३७ मत, दोस्रोमा विष्णु पौडेल

काठमाडौं- नेकपा एमालेको उपाध्यक्ष पदमा विजय भएका पृथ्वीसुब्बा गुरुङले १७३७

सचिवमा ओलीको प्यानल नै विजयी

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशनबाट पार्टीको सचिव पदमा अध्यक्ष