गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति | Khabarhub Khabarhub

गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गत साउन ३० गते गठित गण्डकी प्रदेशसभाका विषयगत समितिले सभापतिको टुङ्गो लगाएका छन् । आज चारवटै समितिको नेतृत्वमा एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल, सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटा र प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको थियो ।

पौडेल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभापतिको उम्मेदवार बनेका थिए । अर्याल र खड्कालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । नेकपा (माओवादी केन्द्र)ले देवकोटालाई सभापतिमा अघि सारेको थियो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले आइतबार बस्ने समितिको बैठकबाट सभापति निर्वाचनको प्रक्रियाले औपचारिकता पाउने बताए । “दलहरूको सहमतिमा एकल मनोनयन परेपछि चारवटै समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको छ”, उनले भने ।

प्रदेशसभा चुनाव भएको सात महिनापछि ‘मिनी ससंद्’ मानिने विषयगत समिति गत साउन ३० मा गठन भएका थिए । दलहरूबीच समयमै सहमति नजुट्दा सभापति चयनमा पनि झण्डै दुई महिना लागेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ०९ बजे

देशलाई अघि बढाउन सुरक्षा नीति आवश्यक छ

तपाईंले जति पर्यटनको व्यापार गर्नुहुन्छ त्यहाँ ९० प्रतिशत सामान विदेशबाट

गल्याङमा ‘नगरकी छोरी’ कार्यक्रम

वालिङ– स्याङ्जाको गल्याङ नगरपालिकाले आफ्नो नगरभित्र छोरी जन्मिए बैंक खाता

एमाले पदयात्राको नवौँ दिन, आज आरुघाट आइपुग्ने

पोखरा– नेकपा एमालेको मध्य पहाडी राजमार्ग पदयात्रा आज आरुघाटक, गोरखा

पण्डित कमेडियन, जो आफैँलाई सिस्नो हान्न हौसिन्छन्

काठमाडौं – विदुर खनाल कमेडीमा उदीयमान प्रतिभा हुन् । कमेडीसँगै

मिटरब्याजीले लिएको सात कठ्ठा बढी जग्गा फिर्ता

चितवन– मिटरब्याजीले लिएको सात कठ्ठा १३ दशमलव पाँच धुर जग्गा