गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति « Khabarhub

गण्डकी प्रदेशसभाका विषयगत समितिले पाए सभापति


२० आश्विन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

गण्डकी – गत साउन ३० गते गठित गण्डकी प्रदेशसभाका विषयगत समितिले सभापतिको टुङ्गो लगाएका छन् । आज चारवटै समितिको नेतृत्वमा एकल उम्मेदवारी परेपछि सभापति निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेशसभा सचिवालयका अनुसार सार्वजनिक लेखा समितिको सभापतिमा प्रदेशसभा सदस्य सुधिरकुमार पौडेल, अर्थ तथा विकास समितिको सभापतिमा भोजराज अर्याल, सामाजिक विकास तथा कृषि समितिको सभापतिमा फणिन्द्र देवकोटा र प्रदेश मामिला तथा कानुन समितिको सभापतिमा चम्पादेवी खड्काको उम्मेदवारी परेको थियो ।

पौडेल प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट सभापतिको उम्मेदवार बनेका थिए । अर्याल र खड्कालाई नेपाली कांग्रेसले उम्मेदवार बनाएको हो । नेकपा (माओवादी केन्द्र)ले देवकोटालाई सभापतिमा अघि सारेको थियो । नेपाल समाजवादी पार्टीका देवकोटा माओवादी केन्द्रको चुनाव चिह्नबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।

प्रदेशसभा सचिवालयका कानुन अधिकृत कुमार रिजालले आइतबार बस्ने समितिको बैठकबाट सभापति निर्वाचनको प्रक्रियाले औपचारिकता पाउने बताए । “दलहरूको सहमतिमा एकल मनोनयन परेपछि चारवटै समितिका सभापति निर्विरोध निर्वाचित हुनुभएको छ”, उनले भने ।

प्रदेशसभा चुनाव भएको सात महिनापछि ‘मिनी ससंद्’ मानिने विषयगत समिति गत साउन ३० मा गठन भएका थिए । दलहरूबीच समयमै सहमति नजुट्दा सभापति चयनमा पनि झण्डै दुई महिना लागेको हो ।

प्रकाशित मिति : २० आश्विन २०८०, शनिबार  १० : ०९ बजे

निर्वाचन प्रणाली सुधार गर्न संविधान संशोधन जरुरीः अध्यक्ष यादव

जनकपुर – जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान

रास्वपामा कुलमानको वरीयता दोस्रो, तेस्रोमा धकेलिए बालेन्द्र

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीमा कुलमान घिसिङले सभापति रवि लामिछानेपछिको वरीयता

सुदूरपश्चिम प्रदेश सरकारको खर्च आठ प्रतिशत

सुदूरपश्चिम– चालु आर्थिक वर्षको मङ्सिरसम्ममा सुदूरपश्चिम प्रदेश सरकारको कूल विनियोजित

रास्वपामा कसरी टिक्ला बालेनको स्वभाव ?

काठमाडौं– ०७९ बैशाखमा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रूपमा काठमाडौंको