लाफिङ बुद्धको मूर्ति घरमा किन राखिन्छ ?  « Khabarhub

लाफिङ बुद्धको मूर्ति घरमा किन राखिन्छ ? 


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

हामी जो कोही लाई आफ्नो घर तथा अफिस राम्रो र आकर्षक होस् भन्ने हुन्छ त्यसका लागि विभिन्न तस्बिर, सजावट, बिरुवा वा प्लान्ट, पेन्टिङ र मूर्तिहरू राख्ने गरिन्छ । मूर्ति भन्नासाथ हाम्रो रोजाइमा भगवान् र ख्याति प्राप्त व्यक्ति लगायतका मूर्तिहरू पर्दछन् । 

प्रायजसो मूर्तिले घरमा खुसी, शान्ति र समृद्धि कायम रहन्छ भन्ने विश्वासका साथ घरमा सजाइन्छ । त्यस्तै लाभदायक एक मूर्ति हो लाफिङ बुद्ध, जसलाई हामीले घरहरूमा सजाएको देख्न सक्छौँ । 

हिन्दु धर्ममा कुबेरलाई धन वृद्धि गर्ने भगवान् माने जस्तै चीनमा पनि लाफिङ बुद्धलाई शुभ र धन वृद्धि गर्ने देवताका रूपमा मान्ने गरिन्छ। त्यस कारण घरमा सफलता र आर्थिक समृद्धिको लागि लाफिङ बुद्ध घरमा राखिन्छ । लाफिङ बुद्धको मूर्तिले मानिसलाई कृतज्ञ हुन, बाधाहरू पार गर्न र जीवनमा खुसी बनाउन मद्दत गर्ने मान्यता रहेको छ ।   

वास्तुशास्त्रीहरुका अनुसार  लिभिङ रुमको मुख्य ढोकाबाट छड्के तिर लाफिङ बुद्ध राख्दा बुद्धको मुस्कानले समृद्धि आउँछ । यसका साथै  लाफिङ बुद्धको मूर्ति घरमा राख्दा सुख र समृद्धि छाउने र सकारात्मक ऊर्जा प्राप्त हुने विश्वास समेत रहेको छ ।

लाफिङ बुद्धलाई घरको यो दिशातिर राख्दा शुभ हुन्छ । फेंगशुईको नियम अनुसार लाफिङ बुद्धलाई घरमा दक्षिण पूर्व दिशा राख्दा सकारात्मक ऊर्जा बढ्ने र धन, सुखलाई आकर्षित गर्ने गर्दछ । यसका साथै घरका सदस्यहरूको आम्दानी बढ्ने, जागिर, व्यवसायमा उन्नति प्रगति हुने हुन्छ । 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : १८ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका