विश्व कप क्रिकेट : बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित « Khabarhub

विश्व कप क्रिकेट : बंगलादेशसँग श्रीलंका ३ विकेटले पराजित


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


657
Shares
  • change font
  • change font
  • change font

 काठमाडौँ– आईसीसी एकदिवसीय विश्व कप क्रिकेटमा बङ्गलादेशले श्रीलंकालाई ३ विकेटले पराजित गरेको छ ।

श्रीलंकाले दिएको दुई सय ८० रनको लक्ष्य बङ्गलादेशले ४१ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्यो । त्यसअघि दिल्ली अरुण जेटली स्टेडियममा टस हारेर ब्याटिङको निम्तो पाएको श्रीलंका ४९ ओभर ३ बलमा २ सय ७९ रन बनाउँदा अलआउट भयो ।

हिजोको खेलमा समयमै ब्याटिङ नगरेपछि श्रीलंकाका खेलाडी एन्जेलो म्याथुज टाइम आउट भए । यो हारसँगै श्रीलंकाको सेमिफाइनलको बाँकी आशा सकियो भने शीर्ष ८ मा परेर च्याम्पियन्स ट्रफीमा छनोट हुने आशामा समेत धक्का लागेको छ । आठ खेलमा २ खेल जितेको श्रीलंका ४ अंकसहित आठौँ स्थानमा छ ।

आठ खेलमा २ वटै खेल जितेको बंगलादेश रन रेटका आधारमा सातौँ स्थानमा छ । श्रीलंकाले विश्व कप २०२३ मा आफ्नो अन्तिम खेल न्युजिल्यान्डसँग खेल्नेछ भने बङ्गलादेशले आफ्नो अन्तिम खेल अस्ट्रेलियासँग खेल्नेछ ।  

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ६ : ४१ बजे

अमेजनले १६ हजार कर्मचारी कटौती गर्ने

न्यूयोर्क – अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी (अमेजन)ले अक्टोबरमा घोषणा गरिएको

घरदैलो अभियानमा भ्याइनभ्याइ उम्मेदवार

कञ्चनपुर – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

सरोकारवालाको चिन्ता : मूल मुद्दा छाडेर गरिने निर्वाचनले निकास दिँदैन

काठमाडौं– मुलुक निर्वाचनमय बनिसकेको छ । निर्वाचन आयोगले आगामी फागुन

लुम्बिनी प्रदेशसभा : दुई विधेयकमाथि सैद्धान्तिक छलफल

लुम्बिनी– लुम्बिनी प्रदेशसभामा दुई वटा विधेयकमाथि सैद्धान्तिक छलफल आज सकिएको छ