रूपन्देहीका स्थानीय तहद्वारा भूकम्पपीडितलाई राहत « Khabarhub

रूपन्देहीका स्थानीय तहद्वारा भूकम्पपीडितलाई राहत


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– रूपन्देहीका स्थानीय तहले जाजरकोटको भूकम्पपीडितका लागि राहत प्रदान गरेका छन् । बुटवल उपमहानगरपालिकाले भूकम्प प्रभावितका लागि राहत सामग्री पठाएको छ । चामल, दाल, तोरीको तेल, नुन, सोयाबिन, कम्बल र म्याट गरी एक ट्रक सामान जाजरकोट पठाइएको उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले जानकारी दिए ।

भूकम्पपीडितका लागि उपमहानगरपालिकाले रु २५ लाख, जनप्रतिनिधिले थप रु पाँच लाख र कर्मचारीको तर्फबाट समेत सहयोग गर्ने निर्णय भएको प्रमुख पाण्डेले बताएका छन् । यस्तै तिलोत्तमा नगरपालिकाले रु १० लाखसहित स्वास्थ्यकर्मी र आवश्यक सामग्री त्यसतर्फ पठाएको छ । नगरप्रमुख रामकृष्ण खाँणले भूकम्पले नराम्ररी क्षति पुर्याएका दुई जिल्लाका लागि पालिकाको विपद् कोषबाट जाजरकोट र रुकुम पश्चिमलाई रु पाँच-पाँच लाख सहयोग गरेको बताए । 

यस्तै रूपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरे र गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेल भूकम्पपीडितका लागि राहत लिएर जाजरकोट पुगेका छन् । दुवैजना चामल, चिउरा, खानेतेल, चाउचाउ, सोयाबिन, दालमोटलगायत खाद्य सामग्रीसहित जाजरकोट पुगेका हुन् ।

यसैगरी सियारी गाउँपालिकाले भूकम्पपीडितका लागि खाद्यान्न तथा लत्ताकपडासहितको राहत सामग्री पठाएको छ । यस्तै विभिन्न सङ्घसंस्थाको सहयोगमा सिद्धार्थनगर नगरपालिकाले संकलन गरेको राहत सामग्री जाजरकोट पठाइएको छ ।

 रोहिणी गाउँपालिकाले भूकम्प प्रभावित क्षेत्रमा रु चार लाख बराबरको राहत सामग्री पठाउने निर्णय गरेको गाउँपालिकाको वातावरण तथा विपद् व्यवस्थापन समितिका प्रमुख कल्पना खनालले बताएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १० : ३२ बजे

चौतर्फी विरोधपछि सरकारले फिर्ता लियो वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाउने निर्णय

काठमाडौं– वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि गर्ने निर्णय

भरुवा बन्दुक पड्किँदा युवकको मृत्यु

ताप्लेजुङ– बारुद भरेका बेला भरुवा बन्दुक पड्किँदा यहाँ एक युवकको

परम्परा र संस्कृति बिर्सनु हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो परम्परा र संस्कृति बिर्सन

सुनको मूल्यमा उतारचढाव, दुई लाख ६० हजार नजिक

काठमाडौं– पछिल्ला केही दिनयता स्थानीय बजारमा सुन र चाँदीको मूल्यमा निरन्तर

आर्यन खानलाई डेब्यु निर्देशनमै अवार्ड

काठमाडौं – बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानले निर्देशनमा