'नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र' | Khabarhub Khabarhub

‘नेपाल विश्वकै ठूलो सुरक्षाप्रदायक राष्ट्र’


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– सुरक्षाविद् चिरनजङ्ग थापाले नेपाल विश्वकै एक ठूलो सुरक्षा प्रदायक देश रहेको बताएका छन् । उनले विश्वका ठूला आणविक हतियार सम्पन्नसहित अधिकांश मुलुकका लागि नै नेपाल एक ठूलो सुरक्षा प्रदायक देशका रुपमा भूमिका निर्वाह गरिरहेको बताएका हुन् ।

भारतको राजधानी नयाँ दिल्लीमा हालै आयोजित सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय कार्यक्रम ‘चाणक्य डायलग’ मा मुख्यवक्ता (कि नोट स्पिकर) का रुपमा सहभागी थापाले विश्वका प्रमुख पाँच आणविक हतियारसम्पन्न मुलुकमा सुरक्षाका क्षेत्रमा विशेष योगदान दिइरहेको दाबी गरे ।  

‘भारत, बेलायत, फ्रान्स, अमेरिका, रसियालगायत विभिन्न मुलुकमा नेपाली सेनालगायत विभिन्न सुरक्षा अङ्ग तथा संयन्त्रमा सेवारत छन्’, उनले भने , ‘त्यसका साथै विश्वका ६८ भन्दा बढी मुलुकमा सुरक्षागार्डका रुपमा काम गर्ने सङ्ख्या हेर्दा नेपाल विश्वका अधिकांश मुलुकका लागि सुरक्षा प्रदायक मुलुकका रुपमा काम गरिरहेको छ ।’ उनले नेपाल संयुक्त राष्ट्रसङ्घमार्फत शान्ति सेनाका रुपमा विश्वका विभिन्न देशमा काम गरिरहेकामध्ये दोस्रो ठूलो मुलुक भएको समेत उल्लेख गरे।

भारतले हालै जी–२० सम्मेलन सफलतापूर्वक सम्पन्न गरेकामा बधाई दिँदै थापाले सो सम्मेलनमा छिमेकी मुलुक बङ्गलादेशलाई निमन्त्रणा गर्दा नेपाललाई नगरेकामा पनि प्रश्न गरेका थिए । थापाले भारतले हालै चन्द्रमामा सफलतापूर्वक ‘चन्द्रयान’ अवतरण गराएको खुसी नेपालीले पनि मनाएको उल्लेख गर्दै भारत सदियौँदेखि विश्वको केन्द्र रहेको बताए।

थापाले शक्ति कहिल्यै पनि स्थायी नहुने भन्दै आजका दिनमा शक्तिशाली मुलुक भोलि अर्थात् सधैँ शक्तिसम्पन्न भएर रहन नसक्ने दलिल पनि पेस गरे । उनले शक्तिको परिभाषा दिँदै कुनै पनि व्यक्ति, समाज या देश शक्तिशाली ठहरिने आधारहरू समय समयमा परिवर्तनशील भइरहने उदाहरण पनि प्रस्तुत गरे । 

उनले नेपाल विश्वको सबैभन्दा पुरानो मानवसभ्यता भएको मुलुक हो भन्दै अनुसन्धान गरे यसका प्रशस्त दृष्टान्त भेटिने दाबी गरे । प्रसिद्ध ग्रन्थ महाभारत तनहुँमा लेखिएको तथ्य पेस गर्दै रामायण लेख्ने वाल्मीकि र अठार पुराणका व्याख्याता व्यासदेखि लिएर कैयन् ऋषिका आश्रम नै नेपालमा रहनु, राजा जनक र सीताको पौराणिकता एवं नेपालको कालीगण्डकी क्षेत्रमा मात्र पाइने शालग्रामको पुरातात्विक र धार्मिक महत्व यसका केही प्रमाणहरू हुन् भने।  

सो कार्यक्रममा सुरक्षाविद् थापाले भारतको अर्थतन्त्र र सुरक्षा दुवै क्षेत्रमा नेपालको ठूलो योगदान रहेको पनि उल्लेख गरे । भारतीय सेनामा गोर्खा रेजिमेन्टअन्तर्गत ४० हजार र अन्य सुरक्षा सेवामा ५० हजार नेपाली कार्यरत रहेको उल्लेख गर्दै थापाले प्रशासनिक सेवामा पनि ३० हजार नेपाली कार्यरत रहेको बताए । 

‘भारतमा सबैभन्दा बढी रेमिट्यान्स भित्रने मुलुकमा नेपाल सातौँ स्थानमा पर्छ’, उनले भने, ‘व्यापारका हकमा नेपाल भारतका लागि १०औँ ठूलो बजार भएकाले भारतको अर्थतन्त्र र सुरक्षा क्षेत्रमा नेपालको योगदान छ ।’ उनले नेपालमा हजाम, सिकर्मी, डकर्मी, इँटाभट्टा, तरकारी र फलफूल बिक्रीलगायत क्षेत्रमा ठूलो सङ्ख्यामा भारतीय श्रमिक काम गरिरहेको उल्लेख गर्दै उनले भारतको अर्थतन्त्रमा नेपालको विशेष योगदान रहेको बताए । 

सो अवसरमा उनले नेपाल र भारतको सम्बन्ध ऐतिहासिक र महत्वपूर्ण रहेको भन्दै नीतिनिर्माण गर्दा आपसी सम्बन्ध र यसको महत्वलाई ध्यान दिन सुझाव दिए । उनले दुई देशबीचको आपसी सम्बन्ध सदियौँदेखि रही आएको भन्दै सम्बन्ध बलियो बनाउँदै जानुपर्नेमा जोड दिए ।

भारतीय उपराष्ट्रपति जगदीप धनखरले उद्घाटन गर्नुभएको सो कार्यक्रममा विश्वका विभिन्न देशका सैनिकका उच्च अधिकारीको सहभागिता थियो । सो कार्यक्रममा एसिया तथा अन्य देशका सुरक्षा, कूटनीतिक सम्बन्ध तथा सुरक्षासम्बन्धका विविध विषयमा कार्यपत्रहरू प्रस्तुत गरिएको थियो । 

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १२ : ५३ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको