बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’ « Khabarhub

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’


९ आश्विन २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


783
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको सम्बोधनमा त्रुटि गरेको नेपाली कांग्रसले औँल्याएको छ । कांग्रेसका प्रवक्ता देवराज चालिसेले विपदका विषयमा प्रधानमन्त्री र परराष्ट्रमन्त्रीले फरक–फरक तथ्यांक प्रस्तुत गरेको बताएका हुन् ।

अन्तर्राष्ट्रिय समुदायमा प्रस्तुत गर्ने राष्ट्रिय तथ्यांकमा अस्पष्टता देखिनु राम्रो सन्देश नभएको उनको भनाइ छ ।

‘विपद्का विषयमा अन्तराष्ट्रिय मंचहरूमा परराष्ट्र मन्त्रीको सम्वोधनमा क्षति जिडिपि को करिव १५% र प्रधानमन्त्रीको सम्बोधनमा पुनः स्थापना र पुनः निर्माण करिब १०% उल्लेख गरिएका छन् । यी दुई फरक सूचकमा आधारित अनुमान हुन सक्ने भएपनि तथ्यांकमा देखिएको यो फरक प्रतिशतका आधार, परिभाषा र स्रोत स्पष्ट हुनु पर्दथ्यो, देशको प्रमुख प्रतिनिधिहरूले अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रस्तुत गर्ने राष्ट्रिय तथ्याकमा यस्तो अस्पष्टता देखिनु राम्रो सन्देश होइन’, चालिसेले सामाजिक सञ्जालमा लेखेका छन् ।

तर, नेपाली कांग्रेसले राष्ट्रसंघमा गरिने सम्बोधनको विषयमा प्रधानमन्त्रीलाई भेटेर अन्तर्राष्ट्रिय समुदायमा नेपालले उठाउनुपर्ने विषयबारे आवश्यक सुझाव दिएको र ती मुद्दाहरू प्रधानमन्त्रीको सम्बोधनमा परेको पनि प्रवक्ता चालिसेले बताएका छन् ।

प्रकाशित मिति : ९ आश्विन २०८३, शुक्रबार  ४ : ३७ बजे

अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो

सङ्खुवासभा –  सङ्खुवासभाको मकालु गाउँपालिका–५ फ्याक्सिन्दा दोभानमा निर्माणाधीन ९०० मेगावाट क्षमताको

कांग्रेस दोलखाको पालिका अधिवेशन : आठ स्थानीय तहमा नेतृत्व चयन, मेलुङमा बाँकी

दोलखा- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत दोलखाका नौ स्थानीय तहमध्ये आठवटामा पालिका

स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार

बाँके– मानव–वन्यजन्तु द्वन्द्व सृजना गर्ने सात ‘समस्याग्रस्त’ बाघको उद्धार गरिएको

इमरानका छोराद्वारा ‘प्रतिआक्रमण’को चेतावनी

इस्लामावाद- पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानका छोरा कासिम खानले पाकिस्तान तहरीक–ए–इन्साफ (पिटिआई)