जनताको स्वास्थ्य र सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील छ : मुख्यमन्त्री कार्की | Khabarhub Khabarhub

जनताको स्वास्थ्य र सुरक्षाप्रति प्रदेश सरकार संवेदनशील छ : मुख्यमन्त्री कार्की


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले जनताको स्वास्थ्य र सुरक्षाप्रति सरकार संवेदनशील रहेको बताएका छन् ।

धनकुटास्थित कोशी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा आज विराटनगरमा आयोजित आर्थिक वर्ष २०७९/८० मा सञ्चालित स्वास्थ्य कार्यक्रमहरुको प्रदेशस्तरीय एकीकृत वार्षिक समीक्षा गोष्ठी शुभारम्भ गर्दै उनले बजेट प्रतिस्थापन विधेयकमार्फत स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखी फरक  ढङ्गले कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री कार्कीले जनसेवा र जनसुरक्षामा कमी हुन नदिन नयाँ स्वास्थ्य सुरक्षा नीति चाँडै घोषणा गरिने जानकारी दिए । उनले स्वास्थ्यकर्मी सरकारको अङ्ग भएकाले जनउत्तरदायी भएर कार्य गरेमा मात्र सरकारको सफलता देखिने विचार व्यक्त गरे ।

जनतालाई स्वस्थ बनाउन सेवा प्रवाहमा कुनै किसिमको हेलचेक्रयाई नगर्न निर्देशन दिँदै  मुख्यमन्त्री कार्कीले नैतिकवान् भएर स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरे ।

उनले आफ्नो ध्यान सरकार टिकाउनु नभइ सुशासन कायम गरी जनअधकारप्रति उत्तरदायी भएर कार्य गर्नु रहेको विचार पनि व्यक्त गरे ।

प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुृर बस्नेतले  स्वास्थ्य कार्यक्रमहरुको प्रगति समीक्षा प्रस्तुत गर्दै प्रदेश स्वास्थ्य ऐन आए पनि नीति र नियमावली नबनेका कारण स्वास्थ्य योजना बनाउन समस्या भएको बताए ।

तीनदिने गोष्ठीमा प्रदेशका १४ जिल्लाका स्वास्थ्य कार्यालय, तालिम केन्द्र स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, बीमा बोर्ड, जिल्ला अस्पताल, निजी शिक्षण अस्पताल, स्वास्थ्य क्षेत्रमा कार्य गर्ने विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १ : ३४ बजे

बबई नदीमा जलसतहले खतराको तह पार गर्‍यो

काठमाडौं– बबई नदीमा जलसतहले खतराको तह पार गरेको छ ।

डोका बिक्रीबाट राम्रो आम्दानी 

भोजपुर– भोजपुर टेम्केमैयुङ गाउँपालिका–१ तिम्माका ४० वर्षीय चन्दबहादुर तामाङले डोका

एनसेल बन्यो ‘भोल्टे रोमिङ सेवा’ सुरु गर्ने पहिलो नेपाली टेलिकम कम्पनी

काठमाडौं– नेपाल भ्रमणमा आउने विदेशीका साथै नेपाल बाहिर जाने ग्राहकका लागि

जनचासो सम्बोधन गरेर विधेयक समितिले कानुन परिमार्जन गर्नेछ : गृहमन्त्री

काठमाडौं– गृहमन्त्री रमेश लेखकले बाहिर भइरहेका चर्चा, चासो र चिन्ता

बडीमालिका यात्रामा धनगढीदेखि जुम्लासम्मका सरकारी टोली, स्थानीय तहले दिए सार्वजनिक विदा 

धनगढी– बडीमालिका धार्मिक यात्रा २०८२ सुरु भएको छ । धर्तीको