खोलामा डुबेर दुई जनाको मृत्यु « Khabarhub

खोलामा डुबेर दुई जनाको मृत्यु


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


855
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी – आज भएका बेग्लाबेग्लै दुई घटनामा भारतीय युवतीसहित दुई जनाको ज्यान गएको छ ।

रुपन्देही सिद्धार्थनगर नगरपालिका–९ का अन्दाजी २२ वर्षीय बिमल आचार्यको तिनाउ गाउँपालिका–३ स्थित भूतखोलामा डुबेर ज्यान गएको छ भने उनीसँगै घाइते भएकी युवती युना दाहालको उपचार भइरहेको छ । उनीहरु आज बिहान १०ः३० बजेतिर खोलामा डुबेका थिए ।

उनीहरुलाई स्थानीय र दोभानस्थित प्रहरीले घाइते अवस्थामा उद्धार गरी उपचारका लागि बुटवल अस्पताल प्रालिमा पु¥याइएको थियो । आचार्यको उपचारका क्रममा आचार्यको मृत्यु भएको र घाइते दाहालको सोही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिए ।

आजै भएको अर्को घटनामा भारतीय युवतीको मृत्यु भएको छ । भारत उत्तर प्रदेश मगहरकाजिपुरबाट शैक्षिक भ्रमणमा आएकी अन्दाजी २० वर्षीया शाहिस्ता प्रवीनको दिउँसो अन्दाजी १ः३० बजे तिनाउ गाउँपालिका(३ तिनाउ खोलामा खसी मृत्यु भएको हो । ड्याममा फोटो खिच्ने क्रममा चिप्लिएर खोलामा खस्दा शाहिस्ताको मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए ।

खोलामा खसेर डुबेकी शाहिस्तालाई दोभान प्रहरीले उद्धार गरी उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पु-याएकामा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले दुवै घटनाको थप अनुसन्धान जारी रहेको पनि जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : १८ बजे

प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार

काठमाडाैं – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सिरहामा दलीय भन्दा स्वतन्त्र उम्मेदवारको वर्चस्व

सिरहा – सिरहाका चारवटै निर्वाचन क्षेत्रमा आगामी प्र्रतिनिधिसभा निर्वाचनका लागि

कास्कीमा सबैको उम्मेदवारी कायम, स्वतन्त्रलाई चुनाव चिह्न प्रदान

गण्डकी – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई माया गर्ने देशभक्तहरू एकताबद्ध हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल