विश्वकप छनोट : नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने | Khabarhub Khabarhub

विश्वकप छनोट : नेपाल र यमनबीचको खेल मंसिर ५ मा हुने


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


735
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वकप छनोटको समूह दोस्रो चरणको दोस्रो खेलमा नेपालले यमनसँग मंसिर ५ गते दशरथ रंगशालामा प्रतिस्पर्धा गर्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल र यमनबीचको खेल मंसिर ५ गते बेलुकी ७ बजे दशरथ रंगशालामा हुने जानकारी दिएको हो । त्यसअघि दोस्रो चरणको पहिले खेल नेपालले कार्तिक ३० गते यूएईसँग उसकै घरेलु मैदानमा खेल्ने छ ।

यमनविरुद्ध दशरथ रंगशालामा हुने खेलको टिकट मुल्य साधारण प्यारापिटतर्फको टिकट मुल्य ४ सय र भिआईपी प्यारापिटतर्फको टिकट मुल्य १ हजार रुपैयाँ निर्धारण गरेको एन्फा प्रवक्ता सुरेश शाहले जानकारी दिए ।

टिकट एन्फा आफैले व्यवस्थापन गरि बिक्रिबितरण गरिने उनले बताए । खेलका लागि यमनको राष्ट्रिय टोलीलाई च्यासल रंगशालामा प्रशिक्षको व्यवस्था मिलाइएको छ भने प्रतियोगीताको अनुमानीत बजेट रु ७३ लाख ६८ हजार ४ सय रहेको प्रवक्ता शाहले जानकारी दिए ।

खेलको तयारीका लागि मुख्य प्रशिषक भिन्सेन्जो अल्र्वटो एनेसको मुख्य प्रशिक्षणमा २६ सदस्यीय टोली हाल बन्द प्रशिक्षणमा रहेको छ । नेपालले पहिलो चरणमा लाओसलाई दुई लेगको म्याचमा हराउँदै दोस्रो चरण प्रवेश गरेको थियो ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ५ : ३८ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका