तालिबानद्वारा आप्रवासीलाई देश निकाला गर्ने पाकिस्तान सरकारको निर्णयको निन्दा « Khabarhub

तालिबानद्वारा आप्रवासीलाई देश निकाला गर्ने पाकिस्तान सरकारको निर्णयको निन्दा


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले १७ लाख आप्रवासीलाई देश निकाला गर्ने पाकिस्तान सरकारको निर्णयको निन्दा गरेको छ । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार पाकिस्तान सरकारको निर्णयलाई ‘अमानवीय’ भन्दै तालिबानले निन्दा गरेको हो ।

पाकिस्तानले अफगान शरणार्थीहरुलाई लक्षित गर्दै मुलुकमा रहेका १७ लाख आप्रवासीलाई देश निकाला गर्ने निर्णय गरेको हो । पाकिस्तान सरकारले यस विषयको सम्बोधन गर्न नसके कठोर कदम चाल्न बाध्य हुनेसमेत तालिबानले चेतावनी दिएको छ ।

तालिबान प्रशासनका उपविदेशमन्त्री शिर मोहम्मद अब्बास स्टानिकजाईले विज्ञप्ति जारी गर्दै आप्रवासीलाई देश निकाला गर्ने कदम तत्काल बन्द गर्नसमेत पाकिस्तान सरकारसँग माग गरेका छन् ।

खामा प्रेसका अनुसार स्टानिकजाईले यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नसमेत आफूहरु तयार रहेको जनाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १२ : ०८ बजे

‘प्रधानमन्त्रीको भारत भ्रमणमा दोहोरो करबारे छलफल हुनुपर्छ’

नेपाल र भारतको विषयमा विमर्श गर्दा भारत नेपालको सबैभन्दा ठूलो

यात्रुलाई अस्वस्थ खाना खुवाए राजमार्गका होटल र चालकमाथि कारवाही हुने

काठमाडौं– सार्वजनिक यात्रुवाहक सवारी साधनमा यात्रा गर्ने यात्रीहरूलाई बाटोमा अस्वस्थ,

पत्रकार थामीको परिवारलाई आर्थिक सहयोग

काठमाडौँ– भोटेकोशी बाढीमा परी बेपत्ता भएका पत्रकार टेकराज थामीको परिवारलाई

राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा दुई वटा अध्यादेश जारी

सचिन तिमल्सेना कांग्रेस केन्द्रीय सदस्य निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय सदस्यमा सचिन तिमल्सेना निर्वाचित भएका