तालिबानद्वारा आप्रवासीलाई देश निकाला गर्ने पाकिस्तान सरकारको निर्णयको निन्दा « Khabarhub

तालिबानद्वारा आप्रवासीलाई देश निकाला गर्ने पाकिस्तान सरकारको निर्णयको निन्दा


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले १७ लाख आप्रवासीलाई देश निकाला गर्ने पाकिस्तान सरकारको निर्णयको निन्दा गरेको छ । अफगानिस्तानको खामा प्रेसले जनाएअनुसार पाकिस्तान सरकारको निर्णयलाई ‘अमानवीय’ भन्दै तालिबानले निन्दा गरेको हो ।

पाकिस्तानले अफगान शरणार्थीहरुलाई लक्षित गर्दै मुलुकमा रहेका १७ लाख आप्रवासीलाई देश निकाला गर्ने निर्णय गरेको हो । पाकिस्तान सरकारले यस विषयको सम्बोधन गर्न नसके कठोर कदम चाल्न बाध्य हुनेसमेत तालिबानले चेतावनी दिएको छ ।

तालिबान प्रशासनका उपविदेशमन्त्री शिर मोहम्मद अब्बास स्टानिकजाईले विज्ञप्ति जारी गर्दै आप्रवासीलाई देश निकाला गर्ने कदम तत्काल बन्द गर्नसमेत पाकिस्तान सरकारसँग माग गरेका छन् ।

खामा प्रेसका अनुसार स्टानिकजाईले यस विषयलाई कूटनीतिक माध्यमबाट समाधान गर्नसमेत आफूहरु तयार रहेको जनाएका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १२ : ०८ बजे

ओली र बालेनलाई चुनावमा पछार्ने हो : हर्क सम्पाङ

काठमाडौँ – श्रम, संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले फागुन २१

दाङमा बस र मोटरसाइकल ठोक्किँदा एकजनाको मृत्यु

घोराही (दाङ) – दाङको देउखुरीमा बस र मोटरसाइकल एकापसमा ठोक्किँदा

ख्वप अस्पतालमा सिटीस्क्यान सेवा सुरु

भक्तपुर- यहाँस्थित ख्वप अस्पतालमा आजदेखि सिटीस्क्यान सेवा सञ्चालनमा आएको छ।

सात हजार यात्रीलाई सुरक्षित तरिकाले जेब्राक्रसिङबाट बाटो काट्न सिकाइयो

काठमाडौं- ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा आज सात हजार ९८७ पैदलयात्रीलाई

हेटौँडामा सडक विस्तारको विरोध गर्दै कुलमानको पार्टी छोडिन्, हर्कको पार्टीबाट लिइन् टिकट

काठमाडौँ – हेटौँडा सडक विस्तारको विरोध गर्दै उज्यालो नेपाल पार्टी