नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह | Khabarhub Khabarhub

नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई प्रधानमन्त्रीको आग्रह


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुक आर्थिक समृद्धिको मार्गमा रहेकाले नेपालमा लगानी गर्न एसिया प्रशान्त क्षेत्रका व्यवसायीलाई आग्रह गरेका छन् ।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालको नेतृत्वमा गएको एसिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसङ्घका अध्यक्ष पिटर म्याकमुलिन एमसहितको प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले नेपालको आर्थिक समृद्धिको यात्रामा सहयोग गर्न आग्रह गरे।

नेपालले राष्ट्रिय एवं अन्तर्राष्ट्रिय लगानी आह्वान गरिरहेको, नेपालमा लगानीका लागि उपयुक्त कानुन र वातावरण रहेको तथा लगानीकर्तालाई सबै प्रकारका सहयोग गर्न सरकार तयार रहेको प्रधानमन्त्री दाहालले विश्वास दिलाए ।

सो अवसरमा महासङ्घका अध्यक्ष ढकालले ३७औँ ‘क्यासी’ सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रित भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एसिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासङ्घले पहल गर्ने थप स्पष्ट पारे ।

क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यावसायिक सम्बन्ध विस्तारमा सहयोग पुुर्‍याउन तयार रहेको प्रतिबद्धता जनाएको महासङ्घले जनाएको छ । भेटवार्तामा अर्थमन्त्री डा प्रकाशशरण महत, मुख्यसचिव डा बैकुण्ठप्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यको उपस्थिति थियो । निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासङ्घ यस संस्थाको संस्थापक सदस्य रहेको छ ।–

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : २२ बजे

चोरी गरेको आरोपमा दुई भारतीयसहित तीन जना पक्राउ

काठमाडौं- काठमाडौं उपत्यकाका विभिन्न स्थानमा रातको समयमा चोरी गरेको आरोपमा

नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना पक्राउ

काठमाडौं- नेपाली नागरिकलाई भारतीय आधार कार्ड बनाइदिएको आरोपमा तीन जना

सशस्त्रको स्पेसल टास्क फोर्स तालिम सम्पन्न

काठमाडौं- सशस्त्र प्रहरी बल नेपालको आयोजनामा हुल तथा दङ्गा व्यवस्थापन

एनसेल प्रकरणमा कडा कारवाही गर्न गठबन्धन एकमत : प्रवक्ता सापकोटा

भक्तपुर– नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका प्रवक्ता एवं पूर्वसभामुख अग्निप्रसाद

पोलियोविरुद्धको खोप बहिष्कार गर्न पाकिस्तानका जातीय अगुवाको उर्दी, नत्र ५ लाख जरिवाना

इस्लामावाद- पाकिस्तानको उत्तरी वजिरिस्तानका जातीय अगुवाहरुले पोलियोविरुद्धको खोप अभियान बहिष्कार