प्रधानाध्यापक आत्महत्या प्रकरण : सिरहामा पठनपाठन प्रभावित « Khabarhub

प्रधानाध्यापक आत्महत्या प्रकरण : सिरहामा पठनपाठन प्रभावित


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सिरहा –सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिनसहित नौबुँदे माग राखेर जिल्लाका शिक्षक सङ्घ सङ्गठनले गरेको आन्दोलनको कारण आज यहाँका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रधानाध्यापक साहको शङ्कास्पद मृत्यु भएको भन्दै जिल्लाका विभिन्न आठ पेसागत शिक्षक सङ्गठनले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउन दबाबस्वरुप आज जिल्लाभर पठनपाठन ठप्प पारेका छन् ।

त्यस्तै शिक्षकले गोलबजार नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । मृतकको परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा चक्काजामसमेत गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १० : १३ बजे

घोडा दौड प्रतियोगितामा न्यौपाने प्रथम

जुम्ला- घोडा संरक्षण गर्ने उद्देश्यले आयोजित घोडा दौड प्रतियोगितामा छापेद्र

‘चौथो उपाध्यक्ष कप भलिबल प्रयोगिता’को उपाधि रतचुरालाई

काठमाडौँ- विजयादशमी २०८३ को अवसर पारेर सिन्धुलीको गोलञ्जोर गाउँपालिकाले आयोजना

ट्रम्पविरुद्ध अमेरिकामा ‘नो किंग्स’ प्रदर्शन

काठमाडौं- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नीतिविरुद्ध शनिबार अमेरिकाभरि आयोजित ‘नो

बेनी–दरबाङको फापरखेत पहिरोको वैकल्पिक सडक सञ्चालन

म्याग्दी- सुक्खा पहिरोले अवरुद्ध बनेको म्याग्दीको पश्चिमी भेगका तीन वटा

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

गुल्मी- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव