इतिहासकै खराब अवस्थामा प्यालेस्टाइनी | Khabarhub Khabarhub

इतिहासकै खराब अवस्थामा प्यालेस्टाइनी


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

केही रात अघिको कुरा हो। खिरबेत जानुता रहेको एउटा विद्यालयमा पूर्ण रूपमा क्षतविक्षत भएको थियो। प्यालेस्टाइनस्थित दक्षिणी हेब्रनको सानो प्यालेस्टाइनी गाउँमा बुल्डोजर लगाइएको थियो। दुई सय जना बसोबास भएको सो गाउँ एक महिना अघि नै रित्तिएको थियो। नजिकै रहेका अतिवादी यहुदीको लगातार डर धम्कीका कारण सबैले सो गाउँ छाडेका हुन्।

इजरायलको कानुन र अन्तर्राष्ट्रिय मानवतावादी कानुनको बर्खिलाप सो घटना भएको थियो। वेस्टबैंकमा रहेका प्यालेस्टाइनीका लागि मानवीय सहायता पनि जोखिममा परेको जानकारी गराइएको थियो।

यसरी लेखिएको ब्यानरले कतै दाताको मनसाय व्यक्त भएको त होइन भन्ने पनि धेरैलाई लागेको छ। युरोपियन युनियनले अहिले दाता र युरोपेली विकास संस्थाको अन्य निकायको नेतृत्व गरी रहेका थिए। जेरुसेलममा रहेको बेलायती निकायको पनि सहयोगी भूमिका रहँदै आएको थियो।

इजरायली विशेष सेनाका पूर्व अधिकारी नवाद एइमानले अहिले प्यालेस्टाइनी भूभागमा इजरायली अधिकरणको विरोधमा आवाज निकालेका छन्। त्यहाँका सैन्य बलको कारण चिनिएका नाभादले इजरायली सेना र प्रहरी माथि समेत धावा बोलेका छन्।

सञ्चारकर्मीहरूको प्रहरीले जानुताको अवस्थाको बारे चासो लिएको या नलिएको भन्ने जिज्ञासा उठाउँदा प्रहरी प्रशासनले निवेदन आएपछि मात्र सबै कुराको जानकारी गराउने बताएको थियो। जानुताका प्यालेस्टाइनी अधिवक्ताले भने इजरायलको सर्वोच्च अदालतमा नै यसको जानकारी गराएका छन्।

‘उनीहरूले प्यालेस्टाइनी गाउँमा आक्रमण गरिरहेका छन्। प्यालेस्टाइनी किसानहरूलाई अन्य र अत्याचार गरी रहेका छन्। उनीहरू अवैध रूपले प्यालेस्टाइनमा बसेका छन्। किनकि उनीहरू प्यालेस्टाइनी बिनाको प्यालेस्टाइनी चाहन्छन्’, नवादले भने।

उनका अनुसार दुई जना इजरायली सेना त्यहाँका छानबिन गर्न आएका थिए। तिनीहरूले प्यालेस्टाइनीको अवस्था बुझ्न आएको बताएका छन्। सडकको नजिकै रहेका खिरबेत जानुतामा के भएको भन्नेमा उनीहरूको खासै चासो रहेन।

सञ्चारकर्मीहरूको प्रहरीले जानुताको अवस्थाको बारे चासो लिएको या नलिएको भन्ने जिज्ञासा उठाउँदा प्रहरी प्रशासनले निवेदन आएपछि मात्र सबै कुराको जानकारी गराउने बताएको थियो। जानुताका प्यालेस्टाइनी अधिवक्ताले भने इजरायलको सर्वोच्च अदालतमा नै यसको जानकारी गराएका छन्।

७ अक्टोबर पछि त्यहाँको अवस्था तनावपूर्ण रहेको छ। प्यालेस्टाइनीहरुले दिएको जानकारी अनुसार इजरायली सेना धेरै नै सुसज्जित छन्। त्यहाँ पुगेको यहुदीहरूले हिंसात्मक गतिविधि र प्यालेस्टाइनी माथिको आक्रमण दिन दिनै बढी रहेको छ। यस्ता आक्रमण हुन थालेपछि इजरायलका नजिकका साथी अमेरिकी र बेलायती निकायले पनि त्यस्ता गतिविधि तत्काल रोक्नका लागि आवाज उठाउन थालेका छन्। इजरायली सरकारमै प्रभाव रहेका राष्ट्रिय सुरक्षामन्त्री इतमान बेन गाभिरबेलाजालेल स्मोटरेलको समेत त्यहाँ सहयोग रहेको छ।

स्कोटरेललेयहुदी अतिवादीलाई एक सय मिलियन डलर सहयोग गरेर विवादास्पद काम गरेका छन्। त्यहाँका मानिसको हमासलाई प्यालेस्टाइनीले समर्थन गरी रहेको मत रहेका कारण सहयोग दिएको उनको धारणा छ। उनका अनुसार त्यहाँ २० लाख नाजी छन्। नाजीहरू पनि उनीहरूका लागि हमास सरह नै भएको धारणा अर्थमन्त्रीले बारम्बार राख्दै आएका छन्। वेस्ट बैङ्कमा यहुदीलाई समारिया पनि भन्ने गरिन्छ।

युवा प्यालेस्टाइनी मुन्तासार मिलहातले यहुदी अतिवादीको आक्रमणको भिडियो राखेका छन्। सोही भिडियोले यथार्थ प्रस्ट पार्छ। मानिसको बसोबास रहेको घरमा २० जना सशस्त्र हिंसात्मक व्यक्तिले आक्रमण गरेका थिए। ‘मेरो काकालाई गोली प्रहार गरी रहेको समयमा म त्यहाँ गएर बचाएको थिएँ। हामी एक आपसमा हेरीरहेका थियौ। त्यसलाई स्ट्रिमिङ पनि गरी रहेका थियौ। मैले उनको भिडियो लिइरहेको समयमा २० जना आएर आक्रमण गरेका थिए ,’ मिलहातले भने।

त्यो भिडियोमा यहुदीहरूको हातमा एम-१६ असल्ट राइफल थियो। त्यस राइफलले परिवारलाई ताकिरहेको थियो। ती मध्यकी एक महिला उम ओमारले एक बच्चा च्यापिरहेकी थिइन्। तिनीहरू मर्ने अवस्थामा नै थिए।

युवा प्यालेस्टाइनी मुन्तासार मिलहातले यहुदी अतिवादीको आक्रमणको भिडियो राखेका छन्। सोही भिडियोले यथार्थ प्रस्ट पार्छ। मानिसको बसोबास रहेको घरमा २० जना सशस्त्र हिंसात्मक व्यक्तिले आक्रमण गरेका थिए।

‘तिनीहरूले हाम्रो घरमा आक्रमण गरे। हाम्रो भेडा चोरे। हाम्रा बच्चाहरूलाई थर्काए। तिनीहरूले मलाई र मेरो नन्दलाई पनि पिटे। मैले सोचेँ तिनीहरूले हामीलाई मार्ने छन्’, पीडित महिलाले भनिन्। संयोगवश त्यहाँ कोही पनि मारिएनन्। पशु चोरेको गलत आरोप आफूमाथि लागेको उनीहरूले बताएका छन्। ती महिलाकै अनुसार भने आक्रमण गर्नेले प्रहरी ज्याकेट लगाएका थिए।

त्यहाँका स्थानीयका अनुसार ७ अक्टोबर पछि त्यहाँ बसोबास गरेका यहुदी शक्ति र हतियारसहित उपस्थित भएका थिए। राज्यले नै उनीहरूलाई संरक्षण गरेको धेरै आधार पनि देखिन्थे। यसरी आक्रमण गर्नेले केही परिवारले चिनेका पनि छन्। उनीहरू अवैध आउट पोस्टबाट त्यहाँ पुगेका थिए। अर्को पटक आएमा सबै जनाको चिन्तामा पर्ने सम्भावना देखिएको छ। अहिले प्यालेस्टाइनीको ह्यारसमेन्ट मनोवैज्ञानिक र शारीरिक दुवै छ।

दक्षिणी हेब्रनका किसानले अहिले गोरुको प्रयोग गरेर खेती किसानी गरिरहेका छन्। उनीहरूलाई ट्याक्टर प्रयोग गरेमा खोसिने धम्की दिइएको छ।

स्थानीयका अनुसार ७ अक्टोबर पछि त्यहाँ बसोबास गरेका यहुदी शक्ति र हतियारसहित उपस्थित भएका थिए। राज्यले नै उनीहरूलाई संरक्षण गरेको धेरै आधार पनि देखिन्थे।

वेस्ट बैङ्कमा पुछारको खेतमा हेर्दै अहमद तिवारी किसानी गर्नेमा धर्मराइरहेका छन्। प्याज खेतीको काम गर्ने उनमा चोरिने डर बढेको छ। उनको मनमा किसानी गर्न जाँदा पनि जीवन नै जोखिममा पर्ने डर छ। उनीहरूलाई आक्रमण हुने र मारिने डर छ।

‘मलाई रिस भन्दा बढी हेपिएको महसुस भएको छ। यहाँ बसोबास गर्न आएका कुनै एक जना बाट पनि मैले आफूलाई बचाउन सकिन। यसको एउटै उपाय भनेको अन्तर्राष्ट्रिय कानुन, दुई देश बिचको गृह कार्य उनीहरूबाट हामीलाई बचाउने हो’ अहमदले भने।

अहमद आफै नबलुस नजिकै ती यहुदीका नेता हवाद गिलादलाइ भेट्न पनि गएका थिए। कानुन व्यवसायी रहेका उनलाई किसान धेरै समस्यामा परेको तथा किसानी समेत गर्न नपाएपछि भोकै पर्ने समस्यामा रहेको बताएका थिए।

सेनाको मत भने फरक थियो। किसान त्यहाँ आएमा हमासलाइ सबै सूचना दिइने र ७ अक्टोबरको जस्तै अर्को घटना हुनसक्ने सम्भावना व्यक्त गरिएको थियो। उनले लिखित निवेदनलाई समेत बेवास्ता गरेका थिए।

अहमद आफै नबलुस नजिकै ती यहुदीका नेता हवाद गिलादलाइ भेट्न पनि गएका थिए। कानुन व्यवसायी रहेका उनलाई किसान धेरै समस्यामा परेको तथा किसानी समेत गर्न नपाएपछि भोकै पर्ने समस्यामा रहेको बताएका थिए।

तिनले संसारमै यहुदीको विरुद्धमा रहेको तथा कुनै पनि प्यालेस्टाइनी चुपचाप बसेको समयमा नमारिएको जिकिर गरे। उनले अरबहरू आफूसँग बस्ने सक्ने तथा आफूहरूलाई मार्ने प्रयास गर्न नहुने बताएका छन्। शताब्दीदेखि यहूदी र अरबहरू एउटा सानो टुक्रा जमिनका लागि सङ्घर्ष गरिरहेका छन्। इजरायलको युद्धले त्यसलाई सखाप पार्छ या पार्दैन पछिल्लो विषय हो।

प्यालेस्टाइनीलाई भने घर छाड्नु पर्दा सन् १९४८ को घटनाको याद दिलाएको छ। सो समयमा इजरायलले युद्ध जित्दा सात लाख प्यालेस्टाइनीले घर छाड्नु परेको थियो। ७ अक्टोबरपछि अहिले ती यहूदी र इजरायली सरकारको कारण प्यालेस्टाइनी फेरि इतिहासकै खराब अवस्थामा पुगेका छन्।

स्रोतः बीबीसी

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  १२ : ३४ बजे

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

आज २०८१ साल वैशाख २४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख २४ गते सोमबार तदनुसार

जापानका विदेशमन्त्री योको स्वदेश फिर्ता

काठमाडौं – नेपालको एकदिने औपचारिक भ्रमण सम्पन्न गरेर जापानका विदेशमन्त्री

लोमान्थाङमा ऐतिहासिक ‘तिजी’ पर्वको रौनक

म्याग्दी । चीनको स्वशासित क्षेत्र तिब्बत्को सिमानामा रहेको मुस्ताङको लोमान्थाङमा

लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग

लुम्बिनी – बुद्धजन्मस्थल लुम्बिनीलाई शान्ति सहर घोषणा गर्न माग गरिएको