पक्राउ पुर्जी थमाएर द्वन्द्व निम्त्याउने षड्यन्त्र भयो | Khabarhub Khabarhub

पक्राउ पुर्जी थमाएर द्वन्द्व निम्त्याउने षड्यन्त्र भयो



नेपाल कम्युनिस्ट पार्टी (नेकपा) महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लगायतलाई पक्राउ पुर्जी जारी गरियो। पछिल्लो समय सरकारसँग भएको सम्झौता विपरीत पक्राउ पुर्जी जारी किन भयो ? शीर्ष नेताविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पार्टीमा के छलफल भइरहेको छ। यी र यस्तै विषयमा केन्द्रित भएर नेकपा विप्लव समूहका पोलिटब्युरो सदस्य भरत बम ‘रणवीर’ सँग कृष्ण तिमल्सिनाले गरेको कुराकानीको सम्पादित अंश :

२०७६ सालको घटनामा जोडेर अदालतबाट पक्राउ पुर्जी जारी भइसकेपछि तपाईंहरु आन्दोलनमा उत्रिनु भएको छ। यो किन भयो ?
आन्दोलन भनेको जनताहरूको रहरले होइन राज्यले बाध्य पारेपछि अथवा सत्ताले बाध्य पारेपछि हुने कुरा हो। बाध्यताले क्रान्तिकारी जनता आन्दोलनमा आउनुपर्छ। हामी तीन बुँदे सहमतिप्रति प्रतिबद्ध भएर शान्तिपूर्ण रूपमा अगाडि बढिरहेका छौं। हाम्रा गतिविधि सामान्य ढंगले काम गरिरहेको अवस्थामा अदालतले पक्राउ पुर्जी जारी गरेको छ। यो बिशुद्ध कानुनी कुरा मात्र होइन। यो नेपाली जनताको शान्ति, समृद्धि र जनताको माग आवश्यकता विरुद्धको षड्यन्त्र हो। यो भनेको नेपालमा द्वन्द्व र युद्ध सञ्चालन गरेर नाफा कुम्ल्याउने युद्धका व्यापारी र देशी विदेशीको षड्यन्त्र हो। यसको प्रतिवाद गर्नुपर्छ भन्ने हाम्रो धारणा छ।

कार्यपालिका, न्यायपालिका, व्यवस्थापिका शक्ति पृथकीकरणको सिद्धान्त अनुसार यिनीहरुको क्षेत्राधिकार फरक फरक हुन्छ। यिनीहरूले गर्ने एक अर्काले गर्ने कामका सन्दर्भमा यो ढङ्गले समन्वय हुँदैन त्यसैले अदालतले गर्याे सरकारले यसलाई सल्टाउँछ भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिलाई कसरी लिने ?
त्यो शक्ति पृथकीकरणको सिद्धान्त हो। तर त्यसमा एउटै राज्यका अङ्गहरू र निकाय एक अर्काविरुद्ध जाने कुरा हुँदैन। सरकारले निर्णय गर्छ र तिनै कानुन अदालतले फलो गर्नुपर्छ। त्यसको विरोध गर्ने होइन। त्यसैले यसलाई सुधार गर्नुपर्छ। प्रचण्ड कमरेडबाट यसको राम्रो पक्ष आएको छ भने त्यो सकारात्मक हो। हामी सबैले नेपाली जनताको शान्ति, समृद्धि र एकता भत्काउने जुनसुकै काम भए पनि मिलेर त्यसको प्रतिवाद गर्नुपर्छ।

तपाईंहरूको अहिले चलिराखेको आन्दोलन भ्रष्टाचार विरुद्धमा के थियो ?
यो सामान्य नेपाली जनताले नै बुझेको कुरा हो। अहिले एनसेलको भ्रष्टाचारको कुरा सबै नेपाली जनतालाई थाहा छ। त्यसैले हामीले एनसेलले गरेको भ्रष्टाचार र कर छलीविरुद्ध आन्दोलन गरेका हौं। त्यसको विरुद्ध सङ्घर्ष गरेकै कारणले प्रतिबन्धमा पर्नुपर्ने अवस्था आयो। अहिले साथीहरू जेलमा छन्। अहिले आएको भ्रष्टाचारको कुरामा यो पार्टी उत्रिन्छ भन्ने बुझाइको आधारमा एउटा योजनाबद्ध ढङ्गले हामीलाई तर्साउने, नियन्त्रण गर्ने, जनताबाट अलग गर्ने गरी यो पक्राउ पुर्जी आएको भनेर प्रष्ट देखिएको छ।

हामीले एउटा समाजवादी मोर्चा बनायौँ। आजको व्यवस्थामा समस्या देखियो र यसको समाधान भनेको अगाडिको व्यवस्था हो र कम्युनिस्ट र समाजवादी एक हुने तिर गए र देशभक्त केन्द्रित हुने स्थिति भयो। यसलाई तोडमोड गर्ने एउटा षड्यन्त्र त्यहाँ छ। अर्को एमसीसी कार्यान्वयनको सवाल पनि छ। त्यसको अग्र मोर्चामा हामीले संघर्ष गरिरहेका छौँ। यो सबै कुरालाई विध्वंस गर्ने गरी यो सबै घेराबन्दी र षड्यन्त्रसहित पक्राउ पुर्जी जारी गरिएको छ। अब सम्पूर्ण जनता एकजुट भएर भविष्यतिर हेरेर नयाँ पुस्ता अगाडि जानुपर्छ।

प्रधानमन्त्री पनि यो पक्राउ पुर्जी प्रकरणमा संलग्न छन्। उनी पनि परिचालित छन् भन्ने ढङ्गले भन्न सक्नुपर्याे नि तपाईंहरूले ?
नेपालको दलाल पुँजीवादी राज्य सत्तासँग नेपाली सर्भिस जनताको मुख्य विरोधी छ। त्यो भन्दा बढेर बाह्य शक्तिसँग साम्राज्यवादीसँग नेपाली जनताको अन्तरविरोध चर्किने तिर गइरहेको छ। त्यसमा सरकारको वा प्रचण्डको भूमिका के छ भन्ने कुराहरू घटनाक्रमहरूले स्पष्ट पार्छ। अहिले जनताको अगाडि दलाल नै भएर आइसके भन्नेमा हामी पुग्नु हुँदैन। देश र जनताको पक्षमा काम गर्ने गरी लिएर जानुपर्छ। सरकारलाई सत्ता बुझ्नु हुँदैन। सरकार नेपालमा निरिह छ। यो देशका प्रधानमन्त्री र मन्त्री नै निरिह छन्। दलाल पुँजीपतिहरुले सत्ता चलाएका छन्। नेपालका पुराना पार्टीले बोलेका झुटलाई सच्याउनुपर्छ। पहिला नेपालको स्वतन्त्रता प्राप्त गर्नुपर्छ।

पुराना पार्टी वा सो सरह भएर परिचालित ढङ्गको प्रधानमन्त्री भएर सिंहदरबारमा बसिराखेका प्रचण्डसँग तपाईंहरूको त्यति धेरै आशा अपेक्षा र भरोसा किन ?
धेरै आशा छैन। तर विगतका प्रधानमन्त्रीभन्दा जनयुद्ध लडेर आएका प्रचण्ड प्रधानमन्त्री केही फरक गर्न चाहन्छन्। अहिले नै प्रतिवादी साम्राज्यवादी भनेर कम्युनिष्ट र माओवादीहरूलाई एक हुन नदिन षड्यन्त्र भइराखेको छ। त्यसमा हामी सजक भएका छौँ।

नियमित अदालतबाट द्वन्द्वकालीन घटनासँग जोडिएका मुद्दा मामिला परेपछि प्रचण्डसँग तपाईंहरुको सम्बन्ध सुधार भएको हो ?
अदालतले प्रचण्डलाई पक्राउ पुर्जी थमाएपछि हामीले काँध थापेका हौं। अहिले हामीलाई पक्राउ पुर्जी जारी गर्दा उहाँले काँध थाप्नु पर्ने हो। हाम्रो आन्दोलनमा उहाँ सामेल हुनुपर्छ कि पर्दैन भनेर जनताले उहाँलाई प्रश्न गरेका छन्। हरेक पार्टीको नाममा मुद्दा चलिरहेको छ। यसमा हामी सबैले कसरी समाधान गर्ने भनेर सोच्नुपर्छ। शान्ति, समृद्धि र समानताको लागि समाजवाद चाहिन्छ। त्यसैले यो अभियान नेपाल तोडफोड गर्ने हिंसा चलिरहेको छ। यसको अभिव्यक्तिको रूपमा न्यायाधीश प्रयोग भएको जस्तो देखिन्छ।

तपाईंहरू पार्टीको १० औँ पुनर्गठन दिवस मनाएर त्यसको वरिपरि केन्द्रित हुनुभएको थियो। काठमाडौँ तिर राजावादीको धर्मवादीको र सरकारको निषेधाज्ञा सामाजिक सञ्जालमाथि नियन्त्रण भइरहेको छ। यसलाई कसरी हेर्नु भएको छ ?
जनता वा देशका सचेत मान्छेले आफ्ना समस्याहरू हरेक तवरबाट कसरी समाधान गर्ने भनेर कोसिस गर्छन्। त्यो क्रममा विभिन्न ढङ्गले सोच्न र प्रयास गर्ने स्वतन्त्रता छ। त्यसमा सत्य कुरामा सबै एक हुनुपर्छ अगाडि बढ्नुपर्छ परिवर्तन तिर जानुपर्छ। नेपालमा अहिले पछाडि फर्केर जाने भन्ने पनि छ। यो अवस्थामा परिवर्तनकारी शक्ति गम्भीर बन्नुपर्ने देखिन्छ। अहिले परिवर्तनको पक्षमा २००७ सालदेखि लडेका शक्तिहरु गम्भीर बन्नुपर्ने समय आएको छ। त्यसैले आजको विश्वमा २१ औँ शताब्दीमा नेपाल कसैको पनि उपनिवेश बन्दैन। तर कुनै पनि शक्ति केन्द्रको युद्ध मैदान बन्न दिनु हुँदैन। हामी प्रतिबद्ध भएर गइरहेको बेला जिस्काउने काम भइरहेको छ। यो बाघलाई जिस्काउने जस्तो निहुँ खोजी खोजी द्वन्द्व निम्त्याउने काम भएको छ। हामीलाई पक्राउ पुर्जी दिने षडयन्त्रको फण्डाफोर गर्नुपर्छ।

परम्परागत शक्तिका सन्दर्भमा भइराखेको बहसलाई के भन्नु हुन्छ ?
यसको पहिलो कारण सत्ता र शासकको असफलता नै हो। अर्को नयाँ परिवर्तनको लागि लड्ने शत्तिहरूको एकताको अभाव केन्द्रीकृत र एकीकृत व्यक्तिको एकताको अभावको कारणले यो अवस्था सिर्जना भएको छ। परिवर्तनको लागि अग्रगामीले परिवर्तन चाहन्छ। जनता अगाडि जान चाहन्छन्। जनताले कहिल्यै पनि पुरानो शासन रोज्दैनन्। एउटा राजाको विकल्प अर्को हुन सक्दैन। राजतन्त्रको विकल्प गणतन्त्र र समाजवाद हो। अहिले एउटा राजा फालेर धेरै राजा भए भन्ने विचार छ। राजाको विकल्प जनता हो। राजा ल्याएर यो समाधान हुँदैन। यो कुरा जनताले बुझेका छन्।

यसको निकासको लागि राजनीतिक शक्तिहरू एउटा मोर्चामा उभिनुपर्ने आवश्यकता देखिन्छ। तर आफै विभाजित भएका छन्। यसले भोलिका दिन राजनीतिक हिसाबबाट एक कदम पछाडि फर्किनुपर्ने खतरा त बन्दैन ?
बुद्धि पुगेन क्रान्तिकारी वा परिवर्तन चाहने शक्तिको एकता भएन। यसले निरन्तरता पाए यस्तो सम्भावना आउन सक्छन्। अस्थिरताले विभिन्न खालका नसोचेका घटनाहरू घट्न सक्छन्। जनताकै नाममा विदेशी शक्तिले निरंकुश र दलाललाई शासक बनाएर ल्याउने खतरा पनि देखिन्छ। त्यसैले नेपालका परिवर्तन चाहने नेपालको समाजवादी पार्टीहरू सबैका सकारात्मक कुरालाई हेरेर सबै एक जुट भएर अगाडि बढ्नुपर्छ।

हामीले अगाडि सारेको एकीकृत जनक्रान्तिको विचार र कार्यदिशाले सकारात्मक कुरामा केन्द्रित भएर जानुपर्छ। यो जसले गर्न सक्छ त्यसले नै नेपालको नेतृत्व गर्न सक्छ।

विगतमा स्वतन्त्रता र जनअधिकारका सवाल फरक थिए। राष्ट्र र राष्ट्रिताको सन्दर्भमा त राज संस्थाको भूमिकालाई दुत्कार्न मिल्ने अवस्था छैन नि ?
सकारात्मक कुरालाई सकारात्मक र नकारात्मक कुरालाई नकारात्मक नै भन्नुपर्छ। नेपालमा समाज र देशको हित के हो भनेर सोच्ने नेताको अभाव भयो। त्यो कुरालाई अहिले हामीले सोचेको छौँ। हामी निरन्तर देश र जनताको मुक्ति नभएसम्म निरन्तर सङ्घर्षको मोर्चामा छौँ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ११ : २० बजे

बझाङ अपडेट : कांग्रेस ७४९२, एमाले ७२२८

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ।

आजको मौसम कस्तो छ ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

इलाममा अग्रता बढाउँदै एमाले : सुहाङ २२८२ मतले अगाडि

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार

बझाङमा मत बढाउँदै कांग्रेस, एमाले १५१ मतले पछाडि

काठमाडौं – बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ

इलाम अपडेट : एमाले ६४०३, कांग्रेस ४७८० (सूचीसहित)

इलाम – इलाम क्षेत्र नम्बर २ पछिल्लो मत परिणाम अनुसार