राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना छैन : ओली « Khabarhub

राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना छैन : ओली


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

कास्की – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले सुरु गरेको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ लोकतान्त्रिक आचरण र प्रणालीलाई बलियो बनाउनका लागि भएको बताएका छन् ।

अभियानका क्रममा आज साँझ मध्यपहाडी राजमार्गको पोखरा महानगरपालिका–२५ हेम्जामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले राष्ट्रियता, सुशासन र समृद्धिका लागि अभियान प्रभावकारी भएको उल्लेख गरे ।

अध्यक्ष ओलीले देशमा राजतन्त्र पुनःस्थापनाको कुनै सम्भावना नभएको बताउँदै भने, ‘मरेर गएको राजतन्त्र फर्किँदैन र फर्किन पनि दिइने छैन भन्ने सन्देश दिन हाम्रो सङ्कल्प यात्रा हो । यो अभियान अहिलेको लोकतन्त्रलाई बलियो बनाउन हो, यही सन्देश दिन चाहेका छौँ ।’

अध्यक्ष ओलीले अभियानका क्रममा देशका विभिन्न क्षेत्रका जनतासँग प्रत्यक्ष संवाद गरेर जनताका समस्या र विकास निर्माणका आवश्यकताका बारेमा जानकारी लिने काम गरिरहेको बताए ।

‘देशभरिका जनतासँग प्रत्यक्ष भेटेर अब विकास कसरी गर्ने, कहाँको समस्या के छ ? भनेर तीन हप्ताको लगातारको यात्रा प्रारम्भ गरेका छौँ । एमालेप्रति जनताको आशा, विश्वास र भरोसा छ । त्यो भरोसा हामी टुट्न दिने छैनौँ, कायम राख्ने छौँ’, अध्यक्ष ओलीले भने। उनले एमाले सरकारमा पुगेर जनतालाई सुखी र खुसी बनाउन सम्भव छ भनेर प्रमाणित गरेको समेत बताए । अध्यक्ष ओलीले आगामी दिनमा पार्टीले समाज परिर्वतनको नेतृत्व गर्ने उल्लेख गरे ।

अभियानका क्रममा हालसम्म सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका जनताका समस्या लिइएको बताउँदै काठमाडौँमा पुगेर गम्भीर छलफल गरी कसरी अघि बढ्ने भनेर नयाँ नीति तय गरिने अध्यक्ष ओलीको भनाइ थियो । एमाले अध्यक्ष ओलीसहितको सङ्कल्प यात्राको टोलीलाई आज साँझ कास्की र पर्वतको सीमास्थल नयाँपुलमा बाजागाजासहित भव्य स्वागत गरिएको थियो ।

कास्की प्रवेश गरेको सो टोलीलाई मध्यपहाडी राजमार्गअन्तर्गत अन्नपूर्ण गाउँपालिकाको नागडाँडामा स्वागत गरियो भने हेम्जामा स्वागतसहित सम्बोधनको कार्यक्रम राखिएको हो ।

यात्रामा रहेको टोली शुक्रबार बिहान पोखराको अमरसिंहचोक, तालचोक र रुपा गाउँपालिकाको तालबेँसीमा स्वागत कार्यक्रममा सहभागी हुनेछ । सो टोली दिउँसो रुपा गाउँपालिकाको पिपलेबजार हुँदै लमजुङ प्रस्थान गर्ने एमाले कास्कीका अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ९ : ०६ बजे

रास्वपा केन्द्रीय समिति बैठक आज भरतपुरमा बस्दै

काठमाडौँ– पार्टी सभापति रवि लामिछानेको आह्वानमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)

स्कटल्याण्डविरुद्ध मोरक्को १–० गोलले विजयी

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा समूह सी को मोरक्कोले

दक्षिण कोरियालाई हराउँदै मेक्सिको अन्तिम ३२ मा प्रवेश

काठमाडौँ– पिफा विश्वकप फुटबलमा सहआयोजक मेक्सिको अन्तिम ३२ (राउण्ड अफ

फिफा विश्वकप : अमेरिका नकआउट चरणमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबलमा अमेरिका नकआउट चरणमा प्रवेश गरेको छ

आज २०८३ साल असार ६ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असार ६ गते शनिबार। सन् २०२६