दीपिका र ऋतिकको ‘फाइटर’ लुक सार्वजनिक « Khabarhub

दीपिका र ऋतिकको ‘फाइटर’ लुक सार्वजनिक


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ऋतिक रोशन र दीपिका पादुकोण स्टारर फिल्म ‘फाइटर’ चर्चामा छ । यसैबिच चलचित्रमा दीपिका र ऋतिकको लुक सार्वजनिक गरिएको छ । यो फिल्म भारतको पहिलो एरियल एक्सन फिल्म हुनेछ।

इन्स्टाग्राममा पोस्टर सेयर गर्दै दीपिकाले लेखेकी छिन्– स्क्वाड्रन लिडर मीनल राठोड, कल साइनः मिन्नी, पदनामः स्क्वाड्रन पाइलट र युनिटः एयर ड्र्यागन । यसअघि ४ डिसेम्बरमा ऋतिक रोशनले फिल्मको पहिलो लुक सामाजिक सञ्जालमा सेयर गरेका थिए ।

उनले क्याप्सन लेखेका छन्  ‘स्क्वाड्रन लिडर शमशेर पठानिया उर्फ प्याट्टी।’ उनले आफ्नो पद र एकाइ पनि खुलासा गरेका छन् । फिल्ममा ऋतिक रोशन र दीपिका दुवै स्क्वाड्रन पाइलटको लुकमा देखिनेछन् । दीपिकाको पोस्टमा कमेन्ट गर्दै पति रणवीर सिंहले यसको तारिफ गरेका छन् ।

दीपिकाको लुकको सबैले तारिफ गरिरहेका छन् । अभिनेता९निर्देशक फरहान अख्तरले ऋतिकको पोस्टमा लेखेका छन्९ शार्प लुक। त्यस्तै पूजा हेगडेले लेखेकी छिन्, ‘तपाईं कति राम्रो देखिन्छौँ ?’ ऋतिककी प्रेमिका सबा आजादले पनि कमेन्ट गरेकी छिन्– गो प्याटी ।

‘स्पिरिट अफ फाइटर’ नामको फिल्मको टिजर १५ अगस्टमा रिलिज भएको थियो । ५७ सेकेन्डको यो टिजरमा ऋतिक, दीपिका र अनिल कपूरको एयर फोर्स अफिसर लुक्स सार्वजनिक गरिएको थियो । सिद्धार्थ आनन्दको निर्देशनमा बनेको यो फिल्म २५ जनवरीमा रिलिज हुँदैछ । सिद्धार्थ आनन्दले यो फिल्म २०२१ मा घोषणा गरेका थिए ।

ऋतिक रोशन र दीपिका पादुकोण पहिलो पटक ‘फाइटर’ मा सँगै देखिने भएका छन् । यी बाहेक यस फिल्ममा करण सिंह ग्रोवर र अक्षय ओबेरोय पनि देखिनेछन् ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ९ : ५१ बजे

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा

झापा र नवलपरासीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु, एकको अवस्था गम्भीर

बनियानी– झापा र नवलपरासीमा भएका बेग्लाबेग्लै सवारी दुर्घटनामा दुई जनाको

बालेन भन्छन्– देशलाई इमानदार नेतृत्व चाहिएको छ

काठमाडौं – काठमाडौं महानगरपालिकाका प्रमुख एवम् राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

चालु आवमा ८५ आयोजनाको बजेट सुरक्षित : दुई दर्जन योजना अलपत्र

काँक्रेविहार– चालु आर्थिक वर्षमा कार्यान्वयन गर्न कर्णाली प्रदेश सरकारले आवश्यकता