अवरुद्ध घिरिङको कृष्णमार्ग सञ्चालन हुने « Khabarhub

अवरुद्ध घिरिङको कृष्णमार्ग सञ्चालन हुने


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

दमौली – तनहुँको घिरिङ गाउँपालिकास्थित कृष्ण मोटरमार्ग सञ्चालन हुने भएको छ। विगत एक महिनादेखि अवरुद्ध रहेको उक्त मोटरमार्ग पुस २८ गतेदेखि सञ्चालन हुन लागेको हो।

कृष्ण मोटरमार्गअन्तर्गत खिलाबाट पोखरीछापसम्मको बाटो कालोपत्रका लागि उक्त मार्ग अवरुद्ध भएको छ। मोटरमार्ग अवरुद्ध भएपछि स्थानीयवासीलाई आवतजावतमा समस्या हुँदै आएको छ।

गाउँपालिकामा बसेको सर्वदलीय बैठकले २८ गतेदेखि यातायात सञ्चालन गर्ने निर्णय गरेको छ। गाउँपालिकाअन्तर्गतका सबै राजनीतिक दलका प्रतिनिधि तथा यातायात व्यवसायीबीच भएको छलफलपछि मोटरमार्ग सञ्चालन गराउने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोख्रेलले जानकारी दिए। पुस २७ गतेसम्म सडक कालोपत्रका काम सम्पन्न हुने भएको छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ५९ बजे

दसैँका लागि दुई दिनमा उपत्यकाबाट बाहिरिए १ लाख ९ हजार यात्रु

काठमाडौं– दसैँ सुरु भएसँगै काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्न

प्रतिबन्धका बाबजुद रुसबाट युरोपले किन्यो ३२० अर्ब डलरको ऊर्जा

मस्को- युक्रेनमाथि रुसको आक्रमणपछि मस्कोमाथि विभिन्न प्रतिबन्ध लगाए पनि युरोपेली सङ्घ

एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ मा डिजिटल बैंकिङ सेवा विस्तारका लागि सम्झौता

काठमाडौं– एनएमबि बैंक लिमिटेडले ’नेपाल फिनटेक एक्सपो २०२६’ को अवसरमा

लागूऔषध गाँजासहित सीमा क्षेत्रबाट दुईजना नियन्त्रणमा

वीरगन्ज– सशस्त्र प्रहरी बल, नेपाल १३ नम्बर गण पर्साले प्रतिवन्धित

खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गर्ने पाँच जना पक्राउ

कञ्चनपुर– कञ्चनपुरमा खुकुरी देखाएर धम्क्याउँदै कुटपिट गरेको आरोपमा प्रहरीले पाँच