आविष्कार केन्द्रलाई सहयोग गर्न राजेश पायल राईले जापानमा सांस्कृतिक कार्यक्रम गर्ने « Khabarhub

आविष्कार केन्द्रलाई सहयोग गर्न राजेश पायल राईले जापानमा सांस्कृतिक कार्यक्रम गर्ने


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ जापानमा हुने कार्यक्रममा गायक राजेश पायल राईले सांगीतिक प्रस्तुती दिने भएका छन् ।

सांगीतिक प्रस्तुती दिनका लागि हाल उनी जापानमा छन् । राष्ट्रिय आविष्कार केन्द्र नेपालको सहयोगार्थ नेपाल आदिवासी जनजाति महासंघ जापानले आयोजना गरेको नेफिन जापान सांस्कृतिक साँझ २०२३ को लागि गायक राईले प्रस्तुती दिन लागेका हुन् ।

गायक राईसहितको टोलीले जापानको फुकुओकामा जनवरी ७, नागोयामा जनवरी ८, चिबामा जनवरी १४, टोकियोमा जनवरी १५ र ओकिनावामा जनवरी १८ मा हुने कार्यक्रममा सांगीतिक प्रस्तुती दिने छन् ।

सांगीतिक कार्यक्रमबाट प्राप्त हुने रकम महावीर पुनले स्थापना गरेको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गरिने आयोजक संस्था नेपाल आदिवासी जनजाति महासंघ जापान अध्यक्ष सन्जिव राईले जानकारी दिए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १ : ५२ बजे

पूर्वाधार विकासमा फड्को मार्न एकीकृत ‘छाता कानुन’ र ७ प्रतिशतको आर्थिक वृद्धि : मेरो कार्यदिशा

म अर्थमन्त्रीको जिम्मेवारीमा आएको आधा घण्टाभित्रै १५ वटा पुराना ऐनहरू

लोकप्रियताको शिखर चढिरहेकी आरती

काठमाडौं- कर्णाली प्रदेशको दुर्गम जिल्ला हुम्लाबाट मोडलिङ तथा कलाकारितालाई आफ्नो

मतदाता सूची विवादमा कक्रोच आन्दोलन

नयाँदिल्ली– भारतको ‘कक्रोच’ युवा आन्दोलनले विवादास्पद मतदाता सूची संशोधनको विरोध

न्याय सेवा आयोगले गर्‍यो ५२ कर्मचारीको सरुवा तथा पदस्थापन

काठमाडौं– न्याय सेवा आयोगले नेपाल न्याय सेवाका विभिन्न श्रेणीका अधिकृत

जटिल प्रसूति समस्या भएकी महिलाको हवाई उद्धार

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा