मकवानपुरमा मापदण्ड विपरीतका क्रसर उद्योग बन्द « Khabarhub

मकवानपुरमा मापदण्ड विपरीतका क्रसर उद्योग बन्द


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ मापदण्ड विपरीत मकवानपुर जिल्लामा सञ्चालनमा रहेका क्रसर उद्योगलाई जिल्ला प्रशासन कार्यालयले आजदेखि बन्द गराएको छ ।

प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार मापदण्ड विपरीत सञ्चालनमा रहेका मकवानपुरका एक सय दुई क्रसर उद्योग बन्द गराइएको हो । सरकारले जारी गरेको मापदण्ड नपुगेपछि मकवानपुरका क्रसर उद्योग बन्द गराइएको उनले बताए ।

गृह मन्त्रालयले अवैध क्रसर बन्द गर्ने निर्देशन दिएपछि मकवानपुरमा मापदण्ड विपरीतका उद्योग बन्द भएको कार्यालयले जनाएको छ । गत बुधबार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै मकवानपुर जिल्लाभर रहेका अवैध क्रसर उद्योग बन्द गराउन निर्देशन दिएको थियो ।

सो निर्देशन दिए लगतै जिल्ला प्रशासन कार्यालय मकवानपुरको सरोकारवालासँग बसेको बैठकपश्चात मापदण्ड विपरीत सञ्चालनमा रहेका क्रसर उद्योग बन्द भएका हुन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : १७ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

‘अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ’

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म