म्यान्मारमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु « Khabarhub

म्यान्मारमा सवारी दुर्घटना हुँदा ५ जनाको मृत्यु


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- मध्य म्यानमारको नेपी तावमा ६ पाङ्ग्रे सवारी साधन पल्टिँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा अरु २३ जना घाइते भएका छन् । मृतकहरु सबै महिला रहेको बताइएको छ ।

गुडिरहेको सवारी साधनको अगाडिको दायाँ टायर निस्कँदा सडकबाट उछिट्टिएर पुरानो याङ्गुन राजमार्गको नेपी तावस्थित येजिन कृषि विश्वविद्यालय नजिकै पल्टिँदा दुर्घटना भएको हो ।

सो दुर्घटनामा पाँच महिलाको घटनास्थलमै मृत्यु भएको प्रहरी अधिकारीले जानकारी दिएका छन् । उक्त सवारी साधनमा ३० जनाभन्दा बढी यात्रु रहेको बताइएको छ ।

तात्कोन टाउन दिशाबाट आएको सवारी साधन प्यानमाना टाउनतर्फ जाँदै गर्दा दुर्घटनामा परेको हो । घाइते हुनेमा १० पुरुष र १३ महिला रहेका छन् ।
एक उद्धारकर्ताले सिन्ह्वालाई बताएअनुसार घाइतेहरूको चिउँडो, टाउको र छातीमा चोट लागेको छ। तर उनीहरूको अवस्था भने खतारामुक्त रहेको बताइएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ३१ बजे

‘देउवाले कांग्रेसबाट बहुमत र वैधता दुवै गुमाइसके’

काठमाडौं- नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनलाई लिएर अनेक अड्कलबाजी भइरहेको

 पार्टीलाई फुटबाट जोगाउने प्रयासमा छौँ : एनपी साउद

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन पक्ष र विशेष महाधिवेशन पक्षबीच निरन्तर

संस्थापन पक्षको दाबी, ‘रातभरिमा सहमतिको विन्दु पत्ता लाग्छ’

काठमाडौं- नेपाली कांग्रेसका संस्थापन पक्षका नेता श्याम घिमिरेले कांग्रेसमा अहिले

एक सय १६ कैदीबन्दी फर्कन बाँकी

चितवन– जिल्ला कारागार कार्यालय चितवनबाट भागेका कैदीबन्दीमध्ये ११६ जना अझै

इरानको राजधानीमा सुरक्षा सतर्कता, जनजीवन सामान्य बन्दै

तेहरान- इरानमा हालै भएका देशव्यापी प्रदर्शनपछि लागू गरिएको कडा सुरक्षाका