कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोके « Khabarhub

कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोके


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कालीकोटका जनप्रतिनिधिले हुँदै गरेको बालविवाह रोकेका छन् । बाजुरा जगन्नाथ गाउँपालिका घर भएकी १५ वर्षीया किशोरी र कालीकोटको रास्कोट नगरपालिका–४ निवासी २० वर्षीय किशोरबीच हुन लागेको विवाह जनप्रतिनिधिले रोकेका हुन् ।

यही पुस १९ गते ती किशोरीलाई बाजुरा जगन्नाथ गाउँपालिकाबाट भगाएर कालीकोटका रास्कोट निवासी युवकले घरमा ल्याएका थिए । उमेर नपुगी हुने विवाहलाई कानूनले मान्यता नदिएकाले स्थानीय र जनप्रतिनिधिले किशोरीलाई अभिभावकको जिम्मा लगाएको वडाध्यक्ष दिनेश सञ्ज्यालले जानकारी दिए ।

“स्थानीय र जनप्रतिनिधिको रोहवरमा किशोरीलाई आफन्तको जिम्मा लगाएका छौँ”, उनले भने, “किशोरीको उमेर १५ वर्ष मात्र पुगेको रहेछ । कानूनी रुपमा विवाह गर्न अझै पाँच वर्ष बाँकी छ ।” बालबालिका हुँदासम्म विवाह नगराउने सर्तमा उनीहरूलाई छोडिएको बताउँदै अध्यक्ष दिनेशले भने, “पाँच वर्षपछि यही जोडीले राजीखुशीमा विवाह गर्न चाहेमा विवाह गर्ने सर्तमा कागज बनाएर बालविवाह बदर गरेका छौँ ।”

बालविवाह न्यूनीकरणका लागि कालीकोटका स्थानीय तहले निरन्तर प्रयास गर्दा पाँच वर्षअघिसम्म ६१ प्रतिशत बालविवाह हुने गरेकामा हाल २३ प्रतिशतमा झरेको छ । बाल अधिकारकर्मी बाले विश्वकर्माले भने, “जिल्लामा अझै पनि लुकीछिपी बालविवाह हुने गरेको छ ।”

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ३७ बजे

अष्ट्रेलियामा ब्याजदर १५ वर्षयताकै उच्च

सिड्नी– अष्ट्रेलियाको केन्द्रीय बैंकले बढ्दो इन्धन मूल्यका कारण मुद्रास्फीति चर्किएपछि

अबको महाधिवेशनपछि केपीको विकल्प विद्या बन्न सक्नुहुन्छ : रचना खड्का केन्द्रीय सदस्य

काठमाडौं- नेकपा एमालेकी केन्द्रीय सदस्य रचना खड्का आगामी महाधिवेशनमा अध्यक्ष

रुस–युक्रेन युद्ध अन्त्यका लागि वार्तामा बस्न पोप लियोको आग्रह

रोम– पोप लियो चौधौँले रुस र युक्रेनलाई वार्तामा बसेर मतभेद समाधान

के छ संसदमा प्रस्तुत भएको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयकमा ?

काठमाडौं- प्रतिनिधि सभाको आजको बैठकमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक २०८३

दुई दशकपछि इराकबाट अमेरिकी सेना फिर्ता, इरानको प्रभाव बढ्ने

काठमाडौं- अमेरिकाले इराकमा रहेको आफ्ना अन्तिम सैन्य आधार शिविरबाट बुधबारसम्म