बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने « Khabarhub

बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बुटवलमा अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्र बन्ने भएको छ । बुटवल उपमहानगरपालिका वडा नं १३ बेलबासमा १६ शैयाको अक्सिजन सुविधासहितको स्वास्थ्य केन्द्रको आइतबार शिलान्यास गरिएको छ ।

आइतबार बेलबासस्थित वडा कार्यालय परिसरमा बन्ने स्वास्थ्य केन्द्र भवनको बुटवलका नगरप्रमुख खेलराज पाण्डेयले शिलान्यास गरे । भवनको शिलान्यास गर्दै उनले तिनाउ नदीदेखि पश्चिमको भेगको समान विकास र समान सुविधाका लागि बेलबासमा स्वास्थ्य केन्द्र निर्माण गर्न लागिएको बताए ।

उनले यो स्वास्थ्य केन्द्रमा तिनाउ नदी पश्चिमका बासिन्दाले लाभ लिन सक्ने बताउँदै त्यसका लागि बुटवल उपमहानगरले सुविधा र जनशक्ति विस्तार गर्दै जाने बताए । ‘तिनाउभन्दा पश्चिमको बुटवल र तिनाउ पूर्वको बुटवललाई समान हैसियतमा पुयाउनुपर्ने छ’, उनले भने ।

नगरप्रमुख पाण्डेयले स्वास्थ्य केन्द्र भवनको निर्माण सम्पन्न भएपछि बुटवल उपमहानगरपालिकाले आवश्यक जनशक्ति र सुविधा उपलब्ध गराउने गरी तयारी गरेको बताए ।

निर्माण व्यवसायीले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने विश्वास व्यक्त गर्दै नगर प्रमुख पाण्डेयले साउनदेखि अस्पतालका रुपमा सञ्चालन गर्ने बताए । बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य शाखा प्रमुख युवराज पाण्डेले एशियाली विकास बैंकमार्फत जापान सरकारको अनुदानमा १ करोड ५७ लाख लागत अनुमान गरिएको बताए ।

स्वास्थ्य केन्द्रको भवन निर्माणका लागि गत मंसिर ९ मा टेण्डर स्वीकृत भएको निर्माण पक्षले असार मसान्तभित्रै निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाएको जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए ।

स्वास्थ्य केन्द्रमा नर्स, प्यारामेडिक्ससहितका स्वास्थ्यकर्मीहरु रहने र सामान्यदेखि अक्सिजन दिएर उपचार गर्नेसम्मका उपचार हुने जनस्वास्थ्य शाखा प्रमुख पाण्डेले बताए । तीन कठ्ठा जग्गामा बन्ने स्वास्थ्य केन्द्रको जनशक्ति तथा आवश्यक पूर्वाधार व्यवस्थापन बुटवल उपमहानगरले गर्ने उनले बताए ।

बुटवल १३ का अध्यक्ष नारायण पुनले स्वास्थ्य केन्द्र निर्माणले तिनाउ नदी पश्चिमको भेगमा सहज सुविधा उपलब्ध हुने बताए । उनले अस्पतालको विस्तार तथा क्षमता वृद्धिका लागि पनि आवश्यक जग्गा व्यवस्थापन गरेको बताए ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : ४५ बजे

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी

दोधारा चाँदनी- शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणनाको तयारी गरिएको छ

कालीकोटबाट कांग्रेसका तीन जनाको नाम सिफारिस

मान्म– नेपाली कांग्रेस जिल्ला कार्यसमिति कालीकोटले आगामी फागुन २१ गते हुने

आन्दोलनतिर मिराज नेतृत्वका जेन-जी: सुशीला कार्कीलाई बिदा गरेर सर्वपक्षीय सरकार बनाउने

काठमाडौं- जेन–जी आन्दोलनका अगुवा मिराज ढुंगानाले भदौ २३ र २४

‘अनटाइटल’ र सर्ट फिल्मलाई अडिसनबाट कलाकार खोजिँदै

काठमाडौं – एक ‘अनटाइटल’ फिल्म र सर्ट फिल्मका लागि कलाकारको

हाङ्देवामा पशुचौपायामाथि भालुको आक्रमण

ताप्लेजुङ– जिल्लाको फुङलिङ नगरपालिका-९ हाङ्देवामा भालुले पशुचौपायामाथि आक्रमण गरी क्षति