राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै | Khabarhub Khabarhub

राहदानी सेवा पूर्णरूपमा सुचारु, सहज प्रक्रियाका लागि गृहकार्य हुँदै


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विद्युतीय राहदानी जारी गर्ने कार्यअन्तर्गत प्रमाणीकरण प्रक्रियामा देखिएको प्राविधिक समस्या हल भएको छ । विद्युतीय राहदानीसम्बन्धी सेवाग्राहीको तथ्याङ्क प्रविष्टीपछि प्रमाणीकरण गर्ने क्रममा प्राविधिक समस्या देखिएपछि यही पुस १७ गतेदेखि सेवा प्रभावित बनेको थियो ।

सेवा प्रभावित भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको प्राविधिक टोलीले विभागको निरीक्षण तथा प्राविधिक समस्याको विश्लेषणका लागि सूचना प्रविधि शाखाका प्राविधिकलाई परिचालन गरेको थियो ।

समस्याको पहिचान गर्न प्राविधिक व्यवस्थापनको जिम्मा लिएको आइडिमिया कम्पनीले तीन जना प्राविधिक नेपाल पठाएको थियो । प्राविधिकले प्रमाणीकरण प्रक्रियामा देखिएको समस्या हल गरेपछि सेवा सुचारु भएको हो । राहदानी विभागले आज एक सूचना जारी गर्दै विद्युतीय राहदानी वितरणमा देखिएको समस्या समाधान भएको जनाएको छ ।

राहदानीको फाराम भर्नेदेखि अन्य प्रक्रियामा लामो लाइन लाग्ने र सेवाग्राहीले सास्ती झेल्नुपर्ने अवस्था अन्त्य गर्न प्रधानमन्त्री प्रचण्डले सचिवहरूसँगको बैठकमा निर्देशन दिएका थिए । सोही निर्देशनानुसार राहदानी प्राप्त गर्ने प्रक्रियालाई समस्यारहित र अझै चुस्तदुरुस्त तथा प्रभावकारी बनाउन आवश्यक प्रक्रिया अघि बढाउने विभागले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : २१ बजे

जापान सरकारको सहयोगमा निर्मित विद्यालय भवन हस्तान्तरण

काठमाडौं– जापान सरकारको सहयोगमा निर्मित उदयपुरको कटारी नगरपालिका–१४ लेखानीस्थित चन्द्रावती

ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौं– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु

जलविद्युत् क्षेत्र नेपालको समृद्धिको मेरुदण्ड : प्रवक्ता महत

युएई– नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नेपाल समृद्ध

स्वतन्त्र प्यालेस्टाइन राज्यको समर्थन गर्दै समाजवादीले भन्यो- विपिन जोशी रिहा हुनुपर्छ

काठमाडौं- प्रतिपक्षी नेकपा एकीकृत समाजवादी पार्टीले आफूलाई छुट्टै प्यालेस्टाइन राज्यको

अमेरिकाले एमसीसी स्थगित गरिदिँदा कांग्रेस नेताहरू स्तब्ध !

काठमाडौं- दोस्रो कार्यकालका लागि राष्ट्रपतिमा डोनाल्ड ट्रम्प आएसँगै अमेरिकी सहायता